Cricket Himalaya
Cricket News From Top of The World

‘मिलानो’ चितवन र युनाईटेड क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश !

मंसिर १२, काठमाण्डौ

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको छैटौ दिन सम्पन्न खेलहरुमा चितवन क्रिकेट एकेडेमीले मध्यपश्चिम क्रिकेट क्लब लाई ५५ रन र युनाइटेड क्रिकेट एकेडेमी बिरगंज ले युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड लाई १५ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन ।

पहिलो खेल

मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न पहिलो खोलमा टस जितेर ब्याटिङमा उत्रेको चितवन क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेको नोक्सानीमा १३६ रन बनाएको थियो । चितवनका म्यान अफ दि म्याच घोषित प्रशान्त महत ले ५० बलमा ४ छक्का ८ चौका प्रहार गर्दै ७० रन बनाएका थिए भने बिकल कुमार गुप्ताले ३४ बनाएका थिए । बलिङ तर्फ मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरका रोहन गौतमले ३ ओभर १० रन २ विकेट र अनुराग वलीले ३ ओभरमा १९ रन २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको कोहलपुर १५.२ ओभरखेल्दै १० विकेटको क्षेती ब्यहोर्दा ८१ रनमै समेटिएको थियो । सौगात रानाभाटले ३० रन बनाएका थिए । बलिङ तर्फ चितवनका साजन गुरुङले ३ ओभर बलिङ गर्दै ११ रन दिएर ३ विकेट लिएका थिए आषिश लम्साले २.२ ओभरमा १५ रन दिदै ३ विकेट लिएका थिए ।

दोस्रो खेल

बुधबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमी बिरगंजले निधारित १९.२ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । बिरगंजका सम्साद अलिले र साहिल अख्तरले समान २२ रन बनाएका थिए । बिर्तामोडका बलर समिर कार्कीले ४ ओभर २९ रन ४ विकेट, आयुष ओडारी ४ ओभर १४ रन ३ विकेट लिन सफल भएका थिए । जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १९.३ ओभर खेल्दै १० विकेटको नोक्सानीमा १०९ रन बनाउदा १५ रन ले पराजीत भएको छ । सम्भव श्रेष्ठले १२ बलमा २१ रन बनाएका थिए । बलिङ तर्फ म्यान अफ दि म्याच घोषित निखिल सिहले ४ ओभर १९ रन ४ विकेट लिएका थिए ।