Cricket Himalaya
Cricket News From Top of The World

जोन्टि ११ भर्सेस पारस ११ : मङ्सिर ८ मा ‘फन्ड रेजिङ च्यारिटी म्याच’ हुदै !

मङ्सिर ४, क्रिकेट हिमालय

दक्षिण अफ्रिकाका क्रिकेटर जोन्टी राेड्स ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ अभियान अन्तर्गत अहिले नेपालमा छन । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा उनले नेपाली यु-१९ र यु-१६ का किशोरहरुलाई अघिल्लो हप्तादेखी नै खेल अनुभव साट्दै र सीप सिकाउदै छन । ४९ वर्षे दक्षिण अफ्रिकी जोन्टिले १९९२ देखि २००३ सम्म साउथ अफ्रिकाको राष्ट्रिय टिमबाट ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका थिए । स्पोर्ट्स डट एड र नेपाल क्रिकेट स्कुलको सहकार्यमा सन्चालन हुने उपरोक्त ‘क्याम्प’ मा यु-१९ र यु-१६ का युवा खेलाडिहरुले नाम रजिस्टर्ड गरेका छन । उनि जोन्टी ११ र रास्ट्रीय कप्तान पारस खडका ११ को नाममा मङ्सिर ८ गते टियु मैदानमा ‘अस्टिमकेयर नेपाल सोसाइटी’ को लागि फन्ड रेजिङ च्यारिटी म्याच हुने भएको छ ।