Cricket Himalaya
Cricket News From Top of The World

टिपिएल दोस्रो दिन : पहिलो खेलमा लुम्बिनी कासाई ५ विकेटले बिजयी, सुमन पान्डेको अर्धशतक

मङ्सिर २, क्रिकेट हिमालय | बुटवल

तिलोत्तमा प्रिमियर लिग (टिपिएल)को दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी कासाइ ग्लाडिएटर्स ५ विकेटले बिजयी भएको छ । आज भएको ज्ञानोदय गोल्ड्स र लुम्बिनी कासाइ ग्लाडिएटर्सको बिचको पहिलो खेलमा टस हारी पहिला ब्याटिङ गरेको ज्ञानोदयले निर्घारित २० ओभरमा ९ विकेट गुमाउदै १२२ रनको योगफल तयार गरेको थियो । ज्ञानोदयको लागि सुनिल धमलाले सर्वाधिक ३७ बल मा ३१ बनाउदा चार चौका प्रहार गरेका थिए, आनन्द गौडले १३ बलमा दुई चौका र एक छ्क्काको मद्दत २२ रन, राहुल बि.क. २३ बलमा १ छ्क्का र एक चौकाको मद्दतमा १७ रन तथा जितेन्द्र सहानीले ११ बलमा १५ रनको योगदान दिदा दुई छक्का प्रहार गरेका थिए । बलिङ तर्फबाट लुम्बिनी कासाइको लागि प्रदिप जैसवाल ४ ओभरमा २१ रन दिदै ४ विकेट तथा दुर्गेस कुर्मी ले ४ ओभरमा २९ रन दिदै २ विकेट हात पारे ।

१२३ रनको बिजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनी कासाइले १७.२ ओभरमा ५ बिकेटको क्षतिमा लक्ष्य पूरा गदै टिपिएलमा आफ्नो पहिलो जित दर्ता गर्न सफल भयो । लुम्बिनी कासाइको लागि सर्वाधिक रन सुमन पान्डेले ५० रनको अर्धशतकिय पारी खेल्दै टिमलाई जित दिलाउन सफल भए । यस्तै सुनिल धवलले २५ तथा भिम सार्कीले २१ रनको योगदान दिए । ज्ञानोदय बलिङ तर्फबाट सुनिल धमला र जितेन्द्र सहानी समान २/२ तथा राहुल बि.क. ले १ विकेट हात पारे । खेलको प्लयेर्स अफ दि म्याच लुम्बिनी कासाइका प्रदिप जैसवाल (४-0-२१-४) घोषित भए ।

आज को दोस्रो खेल बुटवल डाइनामाइट र SR NSCA टाइगर्स बिच हुनेछ ।