Cricket Himalaya
Cricket News From Top of The World

काठमाण्डौ रोयल्स सस्तैमा समेटियो, चितवन राइनोजलाइ ९५ रनको लक्ष !

कार्तिक १८, क्रिकेट हिमालय

नमस्ते पोखरा प्रीमियर लिग (पीपीएल) अन्तर्गत आज जारि ‘इलिमिनेटर’ खेल अन्तर्गत लिगमा तेश्रो भयको हुलास काठमाण्डौ रोयल्स र लिगमा दोश्रो भएको चितवन राइनोज फाइनल प्रबेसको लागि एक आपसमा खेल्दै छन्। लिग चरणमा अंक तालिकामा टप हुदै पोखरा पल्टन फाइनल प्रबेस गरिसकेको छ।

प्रतियोगितामा अर्को फ़ाइनलिस्टको रुपमा प्रबेस गर्न दुवै टिमलाई जित्ने पर्ने यो खेलमा हुलास काठमाण्डौ रोयल्सले टस जितेर सुरुमा ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो।

करण के सीको पहिलो ओभरमा १५ रन बटुल्दै उत्क्रिस्ट सुरुवात गरेको काठमाण्डौ रोयल्स, चितवन राइनोजका बिदेसी खेलाडि सनी पटेलले आफ्नो पहिलो एवम टिमको दोश्रो ओभरको पहिलो, तेश्रो र छैठौ बलमा लगातार विकेट लिएपछि धर्मराएको थियो।  अमित श्रेस्ठ ९, पवन सर्राफ ० र गौरब तोमर १ रन बनाउदै सन्नी पटेलको सिकार भएका थिए।

टिमको स्कोर मात्र ३० रन हुदा चौथो विकेटको रुपमा नरेश बुढायेर पनि व्यक्तिगत १ रन बनाउदै आउट भयका थिए।  पाचौ विकेटको लागि रोयल्सको बिदेसी खेलाडि जयकिसन कोल्सावाला र कप्तान ज्ञानेंद्र मल्लबीच ३८ रनको साझेदारी भएको थियो। राइनोजका स्मित पटेलको बलमा क्याच आउट हुनु अघि कोल्सावालाले ३७ बलमा २५ रन बनाएका थिए।  स्मित पटेलले नै आदील खानलाई व्यक्तिगत ८ रनमा बोल्ड आउट गरेपछि हुलास काठमाण्डौ रोयल्स महत्वपुर्ण खेलमा १५ ओभर सकिदा मात्र ८० रनको अवस्थामा महत्वपुर्ण ६ विकेट गुमाएको अवस्थामा थियो।

राइनोजका भुवन कार्कीले १७ औ ओभरको चौथो र छैठौ बलमा बसन्त रेग्मी र कप्तान ज्ञानेंद्र मल्ललाई आउट गरेका थिए।  बसन्त ० मा आउट भए भने कप्तान मल्लले उच्च ३५ बलमा ३० रन बनाएका थिए।  सुसन भारि ३ रनमा कप्तान खडकाको बलमा आउट भए भने अन्त्यमा करण के सीले अमर सिंह राउटेलालाइ ९ रनमा आउट गरेका थिए।

चितवन राइनोजका लागि सन्नी पटेलले निर्धारित ४ ओभरमा मात्र ९ रन दिदै ३ विकेट लिएका थिए।  स्मित पटेल र भुवन कार्कीले समान २/२ विकेट लिएका थिए भने करण के सीले १ विकेट लिएका थिए।

हुलास काठमाण्डौ रोयल्स : ९४ /१० (१९.३)