Cricket Himalaya
Cricket News From Top of The World

दिपेन्द्र सिंह एरि र पिटर ट्रेगो प्रेरित धनगढि रोमाञ्चक खेलमा २ विकेटले बिजयी !

कार्तिक १६, क्रिकेट हिमालय

पोखरा रंगशालामा जारी नमस्ते पोखरा प्रीमियर लिग (पिपिएल) अन्तर्गत पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुज बिच सम्पन्न निकै महत्वपूर्ण खेलमा धनगढि ४ विकेटले बिजयी भयको छ।

पहिलो इनिंग 

टस जितेर पोखरा पल्टनले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, सुरुवात अपेक्षित रहेन पोखराको लागि, ट्रेगोको बलमा कुसल भुर्तेल ३ रन बनायर आउट भयका थिय ! दोश्रो विकेटको लागि आसिफ सेख र रवि इन्दरबिच ४४ रनको साझेदारी भयको थियो ! दुई चौका र दुई छक्का सहित रविले २६ बलमा २८ रन बनाउदै आउट भयका थिय !

धनगढीका कमल सिंह एरिले मेहबुब आलमलाइ शून्य रनमा बोल्ड गरेपछी पोखरा दवावमा आयको थियो ! एक एन्डमा टिकेर रन बनाउदै गरेका आसिफ सेख ब्यक्तिगत २३ रनमा रन आउट भयका थिय !

सरद भेषावकर र बिनोद भन्डारी क्र म स १४ र ७ रनमा गय सङै धर्मरायको पोखरा रोहित पौडेलको आक्रमक २१ बलमा ३१ रन सङै १०० कटायको थियो ! पल्टनकालागि अन्त्यमा नावेदले ११ रन, रसिद खानले १५* रन र बिक्रम भुसालले ८* रन बनायका थिय !

पोखरालाइ मध्यम स्कोरमा रोक्न धनगढीका कमल सिंह एरिले ४ ओभरमा १ मेडन सहित २३ रन दिदै महत्त्वपूर्ण ४ विकेट, पिटर ट्रेगो, ड्यानियल लरेन्स, रोबिन छेत्रीले समान १/१ विकेट लियेका थिय !

पोखरा पल्टन : १४४/८ (२०)

दोश्रो इनिंग 

चुनौतिपूर्ण देखिएको लक्षतर्फ पाइला सुरु गरेको धनगढिले पहिलो विकेट सुरुवातमै दिलिप नाथको रुपमा गुमाएको थियो, दिलीपले ४ रन मात्र बनाए।  दोश्रो विकेटको लागि सुभेन्दु पाण्डे र पिटर ट्रेगोबीच ५४ रनको साझेदारी भयको थियो, सुभेन्दुले १७ बलमा २२ रन र ट्रेगोले ४ छक्का र ५ चौकाको सहयोगमा ५३ रन बनाएका थिय।

ड्यानियल लरेन्स ३ रन, सन्दिप जोरा ९ रन, सौरभ खनाल ३ रनमा आउट हुदा धनगढि १५.१ ओभरमा ६ विकेट गुमाउदै १०८ रनको अवस्थामा थियो।

१७ औ ओभरको दोश्रो र तेश्रो बलमा लगातार २ विकेट रसिद खानले लिएपछि धनगढि धरापमा परेको थियो। मन्जित श्रेष्ठ १ र कमल सिंह एरि सुन्य रनमा आउट भयका थिए।  धनगढिका कप्तान दिपेन्द्र सिंह एरिले २६ बलमा नट आउट रहदै ४९ रन बनाएपछि धनगढिले १ बल अघि खेल जित्न सफल भयको थियो।

रसिद खानले ४ ओभरमा २४ रन दिदै ४ महत्वपुर्ण विकेट लिएका थिए। ललित राजबंशी, बिक्रम भुसाल, समान २/२ विकेट लिएका थिए।

 

एक्स्पर्ट धनगढी : १४८/८ (१९.५)