Cricket Himalaya
Cricket News From Top of The World

बुटवल ब्लास्टर्स एक्स्पर्ट धनगढीसँग पराजित

कार्तिक १५ | क्रिकेट हिमालय

पोखरा रंगशालामा भएको पोखरा प्रिमियर लिगको छैठौ दिनको दोश्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्स लाई २० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एक्स्पर्ट धनगढी ब्लुजले ड्यानियल लरेन्स र कप्तान दिपेन्द्र सिंह ऐरी बिच १०८ रनको साझेदारी सँगै निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो । दिपेन्द्रले ५६ नटआउट र लरेन्सले ५२ रन जोडेका थिए । बुटवल ब्लास्टर्सका लागि बिपिन खत्रीले ४ ओभरमा २२ रन दिदै २ महत्त्वपूर्ण विकेट र मुस्तफाले १ विकेट लिएका थिए । सोमपाल कामी, साम्सद सेख, सागर पुन र अबिनाश बोहराले कुनै विकेट लिन सकेनन । १६२ रनको लक्ष्य पछ्छ्याएको बुटवल ब्लास्टर्सको ईनिङ राम्रो हुन सकेन । बुटवल को लागि पहिलो विकेट ८ रन हुँदा सागर पुन १(५) रनआउट भएका थिए । दोस्रो विकेट रोहन पनि २०(१९) रनमा रनआउट नै भएका थिए । त्यतीबेला ब्लास्टर्सले २९ रन जोडेको थियो । यस्तै चिराग सुरीले ब्लास्टर्सको लागि पिपीएलमा आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ५४ बलमा १२ चौका र १ छक्का को सहयोगमा ७९ रन जोडे । सिद्दान्त लोहनी र कप्तान सोमपालले समान १२/१२ रन जोडे । प्रकाश केसीले ४ रन बनाएर नटआउट रहे । एक्स्पर्ट धनगढी ब्लुजको बलिङ तर्फ सागर ढकालले ४ ओभरमा २३ रन दिएर २ विकेट (भिम शार्की ५(१२) र शंकर राना ०(१)) लिन सफल भए । लरेन्स र कमलले पनि १/१ विकेट लिए ।