Cricket Himalaya
Cricket News From Top of The World

पि पि एल को एतिहासिक सुरुवात, पहिलो दिनको १२ भित्री कथा !

 

कार्तिक ९, क्रिकेट हिमालय

सर्बाधिक रासिको पोखरा प्रीमियर लिग (पिपिएल) आज बाट पोखरा स्थित पोखरा रंगशाला मैदानमा सुभारम्भ भयको छ ! भब्य सुरुवात भयको पिपिएल को पहिलो दिन कस्तो रह्यो त समग्रमा, क्रिकेट हिमालयको प्रयास

१. भब्य उदघाटन

– प्रदेस न ४ का मुख्यमन्त्री, सम्सदका सभामुख, क्रिकेट संघका पुर्ब का बा अध्यक्ष, कास्किका साम्सदहरु, टिम ओनरहरु सम्मीलित करिब १० बजे सुरु भयको पि पि एल को उदघाटन समारोह भब्य सभ्य रह्यो ! प्राय सबैले पि पि एल मार्फत पोखराको प्रयटन र अन्य छेत्र लाभान्वित हुने जानकारी दियेका थिय !

२. दर्सकको उपस्तिथि

– वर्किङ डे शुक्रबार पि पि एल को उदघाटन भयतापनी दर्सकको लागि बनाइयेको सबै अस्थाइ स्ट्यान्ड भरिभराउ रहेका थिय, करिब १५०० दर्सकको उपस्तिथि रहेको थियो !

३. उत्कृष्ट ब्यवस्थापन

– मैदान, पिच, डग आउट, पि एम ओ ए, दर्सक स्ट्यान्ड, स्पोन्सर ब्यानर, साइड स्क्रिन, मिडिया बक्स, वाइफाइ सुबिधा, सौचालय, खानेपानी, गेटको सज्जा, एन्टि करप्सन युनिट बक्स, हस्पिटालिटी, लन्च सबै ब्यवस्थित रहेको थियो ! यद्धपी पोस्ट म्याच एनालाइसिसको बेला मात्र केही असहजता रहेको थियो !

४. लाइभ

– हिमालय टेलिभिजन एच डि ले पि पि एल का सम्पुर्ण खेलहरु लाइभ गर्नेछ, यद्धपी यो पार्टमा केही गुनासाहरु रहेका थिय ! प्रबिधी र प्राबिधिक बिचको तालमेलको अभाव प्रस्ट देखीन सकिन्थ्यो ! कमजोरी करेक्सन हुँदै आगामी खेलमा अपेक्षा अनुरुप प्रसारण हुने आसा राख्न सक्छौ !

५. मैदान, माछापुच्छ्रे, हवाइ दृश्य

– माछापुच्छ्रेको काखैमा रहेको पोखरा रंगशालामा खेल भैरहदा विभिन्न गन्तब्यबाट आउने हवाइ उडान सहितको सम्योजन मनमोहक देखिन्थ्यो !

६. एक मात्र अर्धसतक

– पोखरा पल्टनका ओपनिङ ब्याट्सम्यान आसिफ सेखले ५४ बलमा ५२ रनको पारी खेल्दै पि पि एलको पहिलो र आज सम्पन्न खेलको एक मात्र अर्धसतक प्रहार गरेका थिय !

७. उत्कृष्ट बिदेसी खेलाडि

– पोखरा पल्टनमा आवद्ध रवि इन्दर सिंहले ४ छक्का, २ चौका सहित २७ बलमा ४४ रनको आक्रमक इनिङ खेलेका थिय !

८. भन्डारी एक्स्प्रेस

– बिस्फोटक ब्याट्सम्यान बिनोद भन्डारी ५ छक्का र २ चौका सहित मात्र ११ बलमा ४१ रन बनाउदै पोखरा पल्टनको इन्निङ उकासेका थिय !

९. उत्कृष्ट युवा खेलाडिहरु

– आज सम्पन्न एक मात्र खेलमा पोखरा पल्टनका कुसल भुर्तेलले २६ बलमा ३८, बिराटनगर टाइटान्सका राजु रिजालले २७ बलमा ३० र पुस्प थापाले २६ बलमा ३० रन बनाउदै युवा ब्याट्सम्यानहरुमा अब्बल रहेका थिय ! पोखरा पल्टनका बलर ललित नारायण राजबन्शिले ४ ओभरमा १७ रन दियेर ३ विकेट लियेका थिय !

 

१०. सुपर स्टार सन्दिप

– सन्सारभरका फ्रेन्चाइज्ड लिग खेल्दै आयका स्टार प्लयेर सन्दिप लामिछानेको दर्सकबिच उच्च क्रेज देख्न सकिन्थ्यो, उनले अपेक्षित प्रदसन भने गर्न सकेनन, ४ ओभरमा २६ रन दियेर २ विकेट लियेका थिय !

११. जो सफल हुन सकेनन

– प्रदिप एरि, सुनिल धमला, जितेन्द्र मुखिया दर्सकको अपेक्षा अनुरुप आज पहिलो दिन प्रदसन गर्न सकेनन ! यद्धपि प्रदिप एरिले उत्कृष्ट क्याच लिदै क्लियर टिभी क्लियर क्याचको उपाधी प्राप्त गरे !

१२ घरेलु क्रिकेटका अत्यन्त सफल कप्तान भेषावकर

– सरद भेषावकर नेपाली घरेलु क्रिकेटमा अत्यन्त सफलतम कप्तानको रुपमा चिनिन्छन, अत्यन्त सुझबुझपुर्ण निर्णय लिदै युवा खेलाडिहरुलाइ उत्प्रेरित गर्ने कप्तान हुन भेषावकर, पि पि एल को सुरुवात जितबाट गरेको पोखरा पल्टन प्रतियोगितामा कति अघि बढन सक्छ त्यो समयले नै बताउला !