Cricket Himalaya
Cricket News From Top of The World

बर्दियामा ‘भुरिगाउ टि२० क्रिकेट प्रतियोगिता’ कार्तिक ८ बाट सुरु हुदै !

कार्तिक ७, तपेन्द्र जोशी/बर्दिया

बर्दिया राष्ट्रिय निकुन्जकाे काखैमा अबस्थित् सिंहबाहिनी खेल मैदानमा यहि मिति २०७५ कार्तिक ८ गते देखि १६ गते सम्म Bhurigaun T20 Cricket Tournament – 2075 संचालन हुन गइरहेकाे छ ।

प्रतियाेगिता नेपाली क्रिकेट समर्थक समाज ( बर्दिया समन्वय समिति ) र भुरिगाउँ क्रिकेट क्लबकाे संयुक्त अायाेजनामा हुदैछ ।

यस प्रतियाेगितामा धनगढि, टिकापुर, लम्की, काेहाेलपुर लगायतका ठाउहरुबाट अाउने टिमहरुका साथै बर्दिया जिल्लाका बिभिन्न ठाउका टिमहरु गरी कुल १६ टिमकाे सहभागिता रहने अायाेजकले बताएकाे छ ।

यस प्रतियाेगितालाई भुरिगाउँस्थित रतन अटाे इन्टरप्राइजेजले टाइटल स्पाेन्सर गरेकाे छ !

यसका साथै पब्लिसिटि पार्टनरका रुपमा Trindent Concep तथा मिडिया पार्टनरकाे रुपमा ‘रेडियाे टाइगर एफ एम’ रहेका छन् भने प्रतियाेगितिमा ठाकुरबाबा नगरपालिका र मेराे टिभी काे समेत सहकार्य रहेकाे छ ।

प्रतियाेगिताकाे बिजेता टिमले रु ५००००/- र उपबिजेताले रु ३००००/- नगद पुरुस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउनेछन् ।