Cricket Himalaya
Cricket News From Top of The World

इन्डो नेपाल मैत्रीपुर्ण यु१९ सिरिज पहिलो दिन : नेपाली युवा बिजयी !

कार्तिक ४, क्रिकेट हिमालय

सि डब्लु टि र नेपालय इन्टरन्यासनलको सम्युक्त सम्योजनमा मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु भएको नेपाल र भारतका एकेडमी स्तरिय खेलाडिहरु सम्मिलित मैत्रीपुर्ण टि-२० यु१९ प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालि टिमले भारतिय टिमलाइ २६ रनले पराजित गरेको छ ।

सिरिजको पहिले खेलमा टस जितेर नेपाली टोलिले फर्स्ट ब्याटिङ गरेको थियो । नेपाली टोलिले १८.५ ओभरमा अलआउट हुदै १ सय ४१ रन बनाएको थियो ।

मध्यम बिजयी लक्ष्य पछ्यायको भारतिय टिमले निर्धारित २० ओवरमा ८ विकेटको क्षतीमा मात्र १ सय १५ रन बनायपछी २६ रनले पराजित रह्यो ! खेलमा म्यान अफ द म्याच समेत भयका नेपाली टिमका सेर मल्लले ५ बिकेट लिएका थिए ।

सिरिज ५ खेलको हुनेछ, सबै खेल मुलपानी मैदानमा नै हुनेछ भने प्रत्यक्ष प्रशारण जनता टेलिभिजन मार्फत हुनेछ