Cricket Himalaya
Cricket News From Top of The World

पाल्पा च्याम्पियन्स ट्रफी पहिलो दिन : पाल्पाली लेजेन्ड्स र लुहुङ बिजयी !

कार्तिक ४, क्रिकेट हिमालय

पाल्पामा आजबाट सुरु दमकडा क्रिकेट लिग टी–ट्वान्टी प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा पाल्पाली लेजेन्ट्स क्रिकेट क्लब र लुहुङ क्रिकेट क्लब एनबीआर बौघा पोखराथोकले जितको सुरुवात गरेका छन !

पहिलो खेल

टस जितेर पहिलो व्याटिङ् रोजेको पाल्पालीले निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो । पाल्पालीका सुरेश गोदारले ५०, पूर्णराज शाक्य २५, सागर थापा २० रन बनायका थिय !

वलिङ्तर्फ अलस्टारका सतिश मश्राङ्गी र अजय रसालीले २/२ विकेट लिए ।

१ सय ७४ रनको लक्ष्यका साथ मैदानमा उत्रेको अलस्टार निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनमै समेटियपछि ३५ रनको हार बेहर्यो । उसका लागि सतिश मश्राङ्गीले ४७, प्रतिक पाण्डेय २३, केशव पाण्डेय १८ रन बनायका थिय !

वलिङ्तर्फ सुरेश गोदारले ३, सागर थापा र राजनमान शाक्यले २/२ विकेट लिए ।

दोस्रो खेल

म्याक्स स्पोर्टस् दमकडालाई ३६ रनले पराजित गर्दै लुहुङ क्रिकेट क्लब एनबीआर बौघा पोखराथोक विजयी भयो ।

पहिलो व्याटिङ् गरेको लुहुङ्ले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ११० रनको योगफल तयार गरेको थियो !

म्याक्सले १४.४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमै समेटियो ।

सोमबारको पहिलो खेल पाल्पाली क्रिकेट प्लेयर्स तानसेन र एमआईबी सिक्सबीच साथै दोस्रो खेल दमकडा क्रिकेट क्लब र पाल्पाल क्रिकेट क्लबबीच हुनेछ ।