Cricket Himalaya
Cricket News From Top of The World

दार्चुलामा प्रथम ‘अपी प्रिमियर लिग’ कार्तिक ७ बाट हुँदै !

दार्चुला/क्रिकेट हिमालय, कार्तिक ४

विजयादशमी तथा दीपावलीको अवसरमा दार्चुलामा प्रथम अपी प्रिमियर लिग (एपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।

अपी हिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब (एमसिसि) को सह आयोजनामा कात्तिक ७ गते देखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।

अपी हिमाल गाउँपालिका–४ सम्देलीचौड खात्तीमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ७ टोली सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका निर्देशक खडक लोथ्याल

प्रतियोगिताका लागि खेलाडी छनोट अक्सन मार्फत असोज ३० गते गरिने छ ! दार्चुला जिल्लाको क्रिकेटको इतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरिन लागिएको हो !

प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र द्वितीय पुरस्कार रु ४० हजार ट्रफी र प्रमाणपत्र राखिएको छ।

यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट ब्याट्सम्यान,उत्कृष्ट बलर, उदयीमान खेलाडी, अनुशासित खेलाडीले जनही २ हजार ५०० नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउने जनाईएको छ।

प्रतियोगिता कात्तिक १४ गतेसम्म सञ्चालन हुने छ।