Cricket Himalaya
Cricket News From Top of The World

बिश्वकप २०२३ छनोटको नया मोडालिटी, नेपालको बाटो के ?

पौष २४, क्रिकेट हिमालय

२०२३ को विश्वकपको छनोटको स्पस्ट नया रोडम्याप ICC ले निकालेको छ ! ३ वटा निम्न लिगहरु हुनेछन, जहाबाट मात्र १० टिमले बिश्वकप खेल्नेछन

१. ICC सुपर लिग

१२ टेस्ट नेसनहरु र नेदरल्यान्ड गरि कुल १३ टिम बिच सुपर लिग हुनेछ ! यो लिगको टप ८ सिधै बिश्वकपको लागि छनोट हुनेछ्न भने बाकी ५ टिम बिश्वकप क्वालिफायर खेल्नेछन

२. ICC लिग २

– नेपाल, यु ए इ र स्क्टल्याण्ड सहित डिबिजन टु बाट आउने ४ टिम गरि कुल ७ टिमले यो लिग खेल्नेछन ! ओ डि आइ स्टाटस प्राप्त यो लिगको टप ३ टिमहरु सिधै बिश्वकप छनोट खेल्नेछन भने बाकी ४ टिमहरु बिश्वकप क्वालिफायर प्ले अफ खेल्नेछन

३. ICC च्यालेन्ज कप

– विश्व क्रिकेट लिगका २१-३२ र्यान्कका १२ टिमहरु यो कप खेल्नेछन ! ६/६ टिम गरि दुई ग्रुपमा बिभाजन हुने यो कपका ग्रुप बिजेता २ टिमले बिश्वकप क्वालिफायर प्ले अफ खेल्नेछन !

* बिश्वकप क्वालिफायर प्ले अफ

ICC लिग २ का बटम ४ र ICC च्यालेन्ज कपका टप २ गरि कुल ६ टिमले बिश्वकप क्वालिफायर प्ले अफ खेल्नेछन ! यो प्ले अफको टप २ टिमहरुले बिश्वकप छनोट खेल्नेछन !

* बिश्वकप क्वालिफायर

– ICC सुपर लिगका बटम ५, ICC लिग २ का टप ३ र बिश्वकप क्वालिफायर प्ले अफका टप २ गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन ! टप २ ले बिश्वकप खेल्नेछन !

नेपालको बिश्वकपको बाटो !

पहिलो बाटो : ICC लिग २ मा टप ३, क्वालिफायरमा टप २

दोश्रो बाटो : ICC लिग २ मा बटम ४ भयमा प्ले अफ खेल्ने, प्ले अफमा टप २, क्वालिफायरमा टप २