Cricket Himalaya
Cricket News From Top of The World

KPL को उपाधी बगान क्रिकेट क्लब लाई, प्रतियोगिताको उत्कृष्ट उपाधी सबैमा अनिलको कब्जा !!

क्रिकेट हिमालय, असोज १

झापाको कचनकवलमा असोज २३ गते बाट संचालन भएको कचनकवल प्रीमिएर लिग (KPL) को उपाधी बगान क्रिकेट क्लबले जितेको छ। पथरिया मा.वि को खेल मैदानमा आज भएको फाइनल खेलमा बगान क्रिकेट क्लबले बनियान क्रिकेट क्लब लाई ३ विकेट ले पराजित गरेको छ।

winner team.

टस जितेर ब्याटिङ रोजेको बनियान क्रिकेट क्लबले १८ औ ओभरमा ७२ रन बनाउदा आफ्नो सबै विकेट गुमाइसकेको थियो। टोलिको लागि सर्वाधिक अनिल लामिछानेले २२ रन बनाए। त्यस्तै बगान क्रिकेट क्लबको तर्फ बाट सुदर्शन भट्टराईले ४ विकेट लिए।

७३ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रेको बगान क्रिकेट क्लबले १७.५ ओभरमा ७ विकेट गुमाउदै आफ्नो लक्ष्य पुरा गरेको थियो। टोलिको लागि सर्वाधिक सुदर्शन भट्टराईले ३५ रन बनाए। त्यस्तै बनियान क्रिकेट क्लब अनिल लामिछाने ३ विकेट लिए।

खेलको Man of the match सुदर्शन भट्टराई घोषित भए।

प्रतियोगिताका उत्कृष्ट उपाधी

Man of the series, highest run highest wicket taker को उपाधी Anil Lamichhane (103 run & 12 wicket in 4 games.) ले कब्जा गरे।

बिजेता बगान क्रिकेट क्लबले रु. १५ हजार सहित ट्रफी र उपविजेता बनियान क्रिकेट क्लबले ८ हजार सहित ट्रफी प्राप्त गरे। KPL आयोजक आदर्श क्रिकेट क्लब ले आगामी बर्ष पनि भव्यको साथ KPL को अन्य संस्करण आयोजना गर्ने जानकारी दिएको छ।