Cricket Himalaya
Cricket News From Top of The World

यु१९ बिश्वकप एसियाली डिबिजन २ छनोट थाइल्यान्डमा, नेपाल सिधै डिबिजन १ खेल्ने !

असोज ३०, क्रिकेट हिमालय

२०२० मा साउथ अफ्रिकामा हुने आइ सि सि यु१९ बिश्वकपको छनोट अन्तर्गत एसियाली डिबिजन २ क्वालिफायरको आयोजना डिसेम्बर ९-१४ सम्म थाइल्यान्डले गर्ने भयको छ !

हङकङ, चाइना, थाइल्यान्ड, साउदी अरेबिया, ओमान, भुटान, माल्दिभ्स, कुवेत, कतार र बहराइन गरि कुल १० टिमका यु१९ टिमहरुले एसियालि डिबिजन २ को यु१९ क्वालिफायर खेल्नेछन !

हाल डिबिजन वान यु१९ मा नेपाल, मलेसिया, सिङापुर रहेका छन ! डिबिजन टु क्वालिफायरबाट २ टिमहरु डिबिजन १ मा उक्लने छन !

डिबिजन १ मै रहेका नेपाल सहित ३ देस र डिबिजन २ बाट आउने २ देस गरि कुल ५ देसले यु१९ बिश्वकप पुग्ने एसियाली १ कोटाको लागि प्रतिस्पर्धा गर्नेछन !

डिबिजन २ यु१९ को ग्रुप बिभाजन

: हङकङ, माल्दिभ्स, बहराइन, चीन, कुवेत यु १९

बि : साउदी अरेबिया, भुटान, थाइल्यान्ड, कतार, ओमान यु१९

दुबै टिमका ग्रुप टपर एसियाली यु१९ को डिबिजन वानमा पुग्नेछन !

येस अघि २०१८ को यु१९ बिश्वकपको एसियालि डिबिजन १ को छनोट २०१७ मा अफ्घानिस्तान, नेपाल, मलेसिया र सिङापुरले खेलेका थिय ! यो पटक टेस्ट मान्यता प्राप्त अफ्घानिस्तान सिधै छनोट हुनेछ भने बाकी एसियाली १ स्पटको लागि ५ देसका यु१९ टिम भिडनेछन

न्युजिल्यान्डमा खेलियेको २०१८ को बिश्वकपको उपाधी फाइनलमा अस्ट्रेलियालाई हराउदै भारतले जितेको थियो !

२०२० को यु१९ बिश्वकपमा ११ टेस्ट नेसन ( आयरल्यान्ड बाहेक) सिधै क्वालिफाइ हुनेछ भने एसियाली, अफ़्रिकि, इ ए पि, अमेरिकी, युरोपेली डिबिजन १ का बिजेता ५ गरि कुल १६ देसले बिश्वकप छनोट खेल्नेछन !

खेल तालिका
09th Dec 2018

Thailand U19 vs Saudi Arabia U19/Oman U19 vs Bhutan U19/Hong Kong U19 vs China U19/Maldives U19 vs Kuwait U19

10th Dec 2018

Saudi Arabia U19 vs Bhutan U19/Thailand U19 vs Qatar U19/Bahrain U19 vs China U19/Hong Kong U19 vs Kuwait U19

11th Dec 2018

Qatar U19 vs Oman U19/Bahrain U19 vs Maldives U19

12th Dec 2018

Oman U19 vs Saudi Arabia U19/Thailand U19 vs Bhutan U19/Hong Kong U19 vs Bahrain U19/Maldives U19 vs China U19

13th Dec 2018

Saudi Arabia U19 vs Qatar U19/Kuwait U19 vs China U19

14th Dec 2018

Thailand U19 vs Oman U19/Qatar U19 vs Bhutan U19/Hong Kong U19 vs Maldives U19/Bahrain U19 vs Kuwait U19