Cricket Himalaya
Cricket News From Top of The World

पिपिएलको बैैकिङ पार्टनरको रुपमा नबिल बैंकसँग सम्झौता !

असोज २८, क्रिकेट हिमालय

नेपाली क्रिकेट विकासमा योगदान दिने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रा. लिले सुन्दर पर्यटकीय नगर पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी२० क्रिकेट प्रतियोगिता आयोजना हुदैछ !

६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ ।

यसै सन्दर्भमा पिपिएलको बैैकिङ पार्टनरको रुपमा नबिल बैंकसँग सम्झौता भएको छ ।

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख कार्यकार्य अधिकृत (सिइओ) अनिल केशरी शाहले हस्ताक्षर गरेका थिय !

आइतबार नबिल बैंकको प्रधान कार्यालय दरबारमार्गमा भएको सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र पूर्व मिस नेपाल तथा नबिल बैंकको भिसा गर्ल’ श्रृष्टी श्रेष्ठको उपस्थिति थियो ।

सम्झौतापछि सिइओ शाह

पोखरा प्रिमियर लिगको बैैकिङ पार्टनर हुन पाएकोमा हर्षित छौं । पिपिएलमा सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउनेमा पनि विश्वस्त छु । नेपाली युवाका लागि क्रिकेट खेल मात्र नभाइ सबैलाई एकजुट बनाउने माध्यमको बनिरहेको छ ।

सम्झौता पछि कप्तान पारस

पिपिएलले पोखरालाई क्रिकेट हबको रुपमा विकास गर्न आधार तयार गर्ने छ ! उहाँले भन्नुभयो, पिपिएल नेपाली क्रिकेटका लागि नयाँ सुरुवात हो । पिपिएलले पोखरा सहरलाई उचाइमा पु¥याउने छ । साथै पोखरालाई क्रिकेट हब बनाउने पनि सहयोग पुग्ने छ ।’