Cricket Himalaya
Cricket News From Top of The World

रात्रीकालिन क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस विजयी, पवन सराफको ह्याटि्रकले पराजय टारेन !!

क्रिकेट हिमालय, असोज २८

इनरुवामा जारी इनरुवा मेयर कप नाइट क्रिकेटमा जेल फिल्ड इनरुवामा भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। असोज २७ गते राती भएको खेलमा युनाइटेड क्रिकेट क्लबलाइ ४९ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी फाइनलमा प्रवेश गरेको छ।

पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन जोडेको थियो। नेपाल पुलिस क्लबको लागि सुनिल धमलाले ४६ बलमा ५२ रन जोड्दा अमित श्रेष्ठले २७ बलमा ३२ रन जोडेका थिए।

त्यस्तै युनाइटेड क्रिकेट क्लबका पवन सराफले ह्याटि्रक लिएका थिए। उनले ३ ओभर बलिङ गर्दा ३८ रन खर्चेर ४ विकेट लिदा सैदुल्लाह अन्सारीले २ विकेट र हरि शंकर साहले १ विकेट लिए।

१६० रनको विजयी लक्ष्य लिएर ब्याटिङ गर्न उत्रेको युनाइटेड क्रिकेट क्लबले १९.२ ओभरमा ११० रन बनाउदा आफ्नो १० विकेट गुमाइ सकेको थियो। टिमको लागि सर्वाधिक सैदुल्लाह अन्सारीले २७ रन र नश्रुदिन अन्सारीले २२ रन जोडे।

नेपाल पुलिसका लागि राम नरेश गिरिले ३ विकेट, योगेन्द्र कार्किले २ विकेट, दिपेश श्रेष्ठ, मन्जित श्रेष्ठ र कुशल भुर्तेलले समान १/१/१ विकेट लिए।

असोज २८ गते नेपाल पुलिस क्लब र YRCC बिराटनगर फाइनलमा भिड्नेछन।