Cricket Himalaya
Cricket News From Top of The World

पिपिएल र भिजी अटोमोबाइल्स बीच सहकार्य, उत्कृष्ट ३ खेलाडिले ‘जिक्सर’ पाउने !

नेपाली क्रिकेट विकासमा योगदान दिने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रा. लिले सुन्दर पर्यटकीय नगर पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी२० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ !

६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ ।

पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने आयोजकको बिश्वास रहेको छ !

यसै सन्दर्भमा पिपिएल र भिजी अटोमोबाइल्स प्रा.लिबीच सहकार्य भएको छ ।

सुजुकी मोटर्सको आधिकारीक आयतकर्ता तथा वितरक भिजी अटोमोबाइल्सले पिपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई १५५ सिसीको सुजुकी जिक्सर मोटरबाइक उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर बाइक प्रदान गरिनेछ ।

नेपाली क्रिकेट इतिहासमा एकै प्रतियोगितामा पुरस्कार बापत ३ वटा बाइक प्रदान गर्न लागिएको सम्भवतः यो पहिलो पटक हो । यस पुरस्कारले खेलाडीमा उत्साह बढ्ने तथा पिपिएल थप रोमाञ्चकता प्रदान गरेको छ !

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरेका थिए !