Cricket Himalaya
Cricket News From Top of The World

क्यानले अदालतमा बिचाराधिन रहेको मुद्दा फिर्ता प्रक्रिया अघि बढाउदै !

असोज २७, क्रिकेट हिमालय

क्रिकेट एसोसिएन अफ नेपालले अदालतमा बिचाराधिन रहेको मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढायको एक प्रेस बिज्ञपति मार्फत जनायको छ !

मिती २०७५∕०६∕२७

प्रेस बिज्ञप्ति

पछिल्लो झन्डै साढे दुई वर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रकृया अन्तिम चरणमा पुगेको यहाहरू सबैलाई जानकारी नै छ ।

नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधै जिम्मेवार र सहयोगी भुमिकामा प्रस्तुत भईनै रहेका छौं । हामी सुरुवातबाट नै आईसीसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरीङ कमिटीमा सहभागी भएर मात्रै हैन, आईसीसी र अन्य सरोकारवालाहरूले भने झै परिमार्जित बिधानलाई बिशेष साधारण सभाबाट हुबहु पारीत गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रकृयामा सहयोग पु¥याईरहेका छौं ।

हाम्रै जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो बिधानलाई शंसोधन गरी शंसोधितबिधान अनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भईसकेको अवस्था छ । हाल परिमार्जित बिधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरीङ कमिटीले जिल्ला निर्बाचनकोअध्ययन गरिरहेको छ । मोनिटरीङ समितीले आफ्नो प्रतिबेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्बाचनसँगै आईसीसीले क्यानमाथीकोको निलम्वन फुकुवा गर्ने हाम्रो विश्वास छ ।

यही सन्दर्भमा हामीले यस अघि सम्मानित सर्बोञ्च अदालतमा दायर गरेकोको मुद्धाको सम्बन्धमा पनि केही चासो ब्यक्त भएका छन् । आईसीसीबाट समेत यस सम्बन्धमा चासो ब्यक्त भएको हुँदा हामीले यस अघि आईसीसी र अन्य सरोकारवाला ब्यक्ति र निकायसँगको छलफलमा गरेको प्रतिबद्धताअनुसार सम्मानित सर्बोञ्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्धालाई फिर्ता लिने प्रकृया अघि बढाएका छो ।

यस सम्बन्धमा कानुनी र ब्यवहारीक प्रकृया बारे छलफल गरी मुद्धा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न हामीले यही कात्तिकको १० गते क्यान निर्बाचित समितीको बोर्ड बैठक बोलाएका छौं । विश्वास छ, हाम्रो यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रकृया अझ सहज हुने छ ।

हामी नेपाली क्रिकेटलाई निलम्बनबाट मुक्त बानाउँने प्रकृया अन्तिम चरणमा पुगिसकेको अवस्थामा सरोकारवाला सबैलाई सहयोगी भुमिका निर्बाह गरिदिन अनुरोध गर्दछौ ।

धन्यबाद,

दीवाकर घले

उपाध्यक्ष

नेपाल क्रिकेट संघ