Cricket Himalaya
Cricket News From Top of The World

समुह ‘बि’ को बिजेता बन्दै नेपाल अघिल्लो चरणमा, लामो समय पछि नेपालले उपाधी नेपाल भित्र्याउदै !!

मलेसियामा जारी आइसिसी टि20 बिश्वकप एसियाली छनोटको समूह ‘बि’ को शिर्ष स्थानमा रहदै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको सिङ्गापुरले पुरै विकेट १७.३ ओभरमै गुमाएर मात्र ८१ रन बनाएको छ । नेपाल को लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बलिङमा सन्दिप ले ३.३ मा १६ रन दिएर ४ विकेट लिए भने करण र सोमपाल ले २/२ विकेट लिए । यस्तै ललित राजबन्शी र बसन्त रेग्मीले पनि १/१ विकेट थपे । सिङ्गापुर को लागि चन्द्रमोहनको २५ रननै बढी योगफल रहयो । यस्तै मनप्रित सिंह र सिद्दान्त ले १०/१० रन जोडेका थिए।

बर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा सिंगापुर लाई नेटरन रेटमा पछि पार्दै समूह “बि” को विजेता बनेको हो। नेपाल संगै सिंगापुर र मलेसिया पनि बिश्वकप टि20 को अघिल्लो छनोट चरणमा पुगेका छन।

अघिल्लो चरणमा गए संगै नेपालले खेल्नु पर्ने बाकी चरणहरु:- https://www.crickethimalaya.com/टि२०-बिश्वकप-२०२०-को-लागि/