Cricket Himalaya
Cricket News From Top of The World

नेपाल पुलिस क्लब सामु धनगढी क्रिकेट एकेडेमी निरह, अमित श्रेष्ठ, कुशल भुर्तेल र नवीन थापा जितका नायक !!

असोज २६, राज खत्री | क्रिकेट हिमालय

इनरुवामा जारी इनरुवा मेयर कप नाइट क्रिकेटमा जेल फिल्ड इनरुवामा भएको समूह ख को तेस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । असोज २५ गते राती भएको खेलमा धनगढी क्रिकेट एकेडेमीलाई १२४ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी यात्रा सुरु गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १९० रन जोडेको थियो । नेपाल पुलिस क्लबको लागि अमित श्रेष्ठले २८ बलमा ४८ रन जोड्दा कुशल भुर्तेलले २५ बलमा ४४ रन जोडेका थिए । त्यस्तै धनगढी क्रिकेट एकेडेमीका कृष्ण अएरले ४ विकेट लिदा अरुण महतोले २ विकेट र , अनुप सुनुवारले १ विकेट लिए ।

१९१ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गर्न उत्रेको धनगढी क्रिकेट एकेडेमीले १७.३ ओभरमा ६६ रन बनाउदा आफ्नो सबै विकेट गुमाइ सकेको थियो । टिमको लागि सर्वाधिक सुबोध अएरले २० र कृष्ण अएरले १० रन जोडे । नेपाल पुलिसका लागि नवीन सिंह थापाले २.३ ओभर बलिङ गर्दै ५ रन खर्चेर ४ विकेट, मन्जित श्रेष्ठले २ विकेट, कुशल भुर्तेल र सुनिल धमलाले समान १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच नवीन सिंह थापा घोषित भए । त्यस्तै समूह ख को चौथो खेलमा मेची क्रिकेट क्लब र युनाइटेड क्रिकेट क्लब असोज २६ गते भिड्नेछन् ।