Cricket Himalaya
Cricket News From Top of The World

रात्रीकालिन क्रिकेट, सुनसरी पाचौ दिन : युनाइटेड क्रिकेट क्लब, बिरगन्ज विजयी !

राज खत्री, असोज २५

इनरुवामा जारी इनरुवा मेयर कप नाइट क्रिकेटमा जेल फिल्ड इनरुवामा भएको समूह ख को पहिलो खेलमा युनाइटेड क्रिकेट क्लब विजयी भएको छ। बजाज खडक लाइ २ रनले पराजित गर्दै युनाइटेडले विजयी यात्रा सुरु गरेको छ।

पहिले ब्याटिङ गरेको युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन जोडेको थियो। अन्सारीले ३९ बलमा ४५ रन जोड्दा सुभास यादवले २५ रन जोडेका थिए।

त्यस्तै बजाज खडकका अनिल खरेल र मण्डलले समान २/२ विकेट, त्यस्तै बिबेक यादव, मुकुन्द यादव र इसान पाण्डेले समान १/१/१ विकेट लिए।

१४० रनको विजयी लक्ष्य लिएर ब्याटिङ गर्न उत्रेको बजाज खडकले २० ओभरमा ८ विकेट गुमाउदा १३७ रन मात्र बनाएको थआफ्नो सबै विकेट गुमाइ सकेको थियो। टिमको लागि सर्वाधिक मुकुन्द यादवले नट आउट ४० रन जोडे।

युनाइटेडका अनुज चौहानले सर्वाधिक ३ विकेट लिए।