Cricket Himalaya
Cricket News From Top of The World

ओ डि आइ स्टाटस प्राप्त नेपाल किन खेल्दैछ त कमजोर प्रतियोगिता ?

असोज २२, क्रिकेट हिमालय

टि२० बिश्वकप २०२० छनोट अन्तर्गत एसियन सब रिजनल क्वालिफायर “बि” अन्तर्गत नेपालले लगातार ५ खेल जितिसकेको छ, अन्तिम खेलको नतिजा अगावै छ्नोट भयो भनियेको छ !

खासमा छनोट के मा भयो ? अधिकान्स समर्थक कन्फ्युजमा छन, हाम्रो प्रयास उपरोक्त जिज्ञासा समाधान गर्ने

१. छनोट के को लागि हो ?

– अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि२० बिश्वकपको छनोटको अभियान सुरु भयको छ ! उक्त बिश्वकपको छ्नोटको एक पार्ट यो छनोट हो !

२. टि२० बिश्वकप छनोटको लागि कति देस सहभागी हुदैछन ?

– आइ सि सि ले उक्त बिश्वकप छनोटको लागि कुल ६२ देसहरुलाइ विभिन्न एसियन, युरोपेयिन, अफ्रिकन, अमेरिकी र इ ए पि मा रिजनल छनोट खेलहरु खेलाउदैछ

३. एसियालि छनोट कसरी हुँदै छ ?

क. पहिलो चरण

– दुई वटा एसियन सब रिजनल क्वालिफायर इस्टर्न (बि) र वेस्टर्न (ए) गरि १३ टिमहरु सहभागी हुदैछन

बि बाट नेपाल, सिङापुर, मलेसिया हुदैछन भने बाट यु ए इ, कतार र कुवेत छनोट भै सकेका छन

ख. दोश्रो चरण

– सब रिजनल क्वालिफायरका ए र बि दुबैबाट छनोट भयका ६ देसहरु मध्य देस ग्लोबल क्वालिफायरमा पुग्नेछन

३. रिजनल छनोटमा सफल भय ग्लोबल क्वालिफायर खेल्नु पर्नेछ

एसियाका २ सहित बाकी रिजनल क्वालिफायर बाट आउने ६ र २०१८ डिसेम्बर सम्मको ११-१६ र्यान्क हुने ६ गरि कुल १४ टिम बिच ग्लोबल क्वालिफायर हुनेछ ! उक्त ग्लोबल क्वालिफायरबाट ६ टिम बिश्वकपमा पुग्नेछन !

[ टप ६ मा परे नेपाल टि२० बिश्वकपमा पुग्नेछ ]

४. नेपालले ODI Status प्राप्त गर्दापनी भुटान, म्यानमार, चीन सङ अर्थात यो अहिलेको क्वालिफायर किन खेल्दैछ ?

२०१६ को टि२० बिश्वकपको लागि ग्लोबल क्वालिफायर २०१५ मा भयको थियो, १४ रास्ट्र सम्मिलित उक्त ग्लोबल क्वालिफायरमा नेपाल १२ औ र यु ए इ १३ औ भयका थिय

आइ सि सि ले उक्त ग्लोबल क्वालिफायरमा टप ६ मा पर्ने देसहरुलाइ अहिलेको ग्लोबल क्वालिफायरमा सिधै इन्ट्री दियेकोले हङ्कङ र ओमान सिधै छनोट भय, नेपाल र यु ए इ एसियाली छनोट खेल्दैछन