Cricket Himalaya
Cricket News From Top of The World

मिनस थापाको ९८* रन, ‘बिराटनगर’ रात्रीकालिन क्रिकेटको फाइनलमा !

राज खत्री, असोज २४

इनरुवामा जारी इनरुवा मेयर कप नाइट क्रिकेटमा जेल फिल्ड इनरुवामा भएको पहिलो सेमिफाइनलमा YRCC Biratnagar विजयी भएको छ। बेलबारी क्रिकेट क्लबलाइ ६३ रनले पराजित गर्दै वाइआरसिसि बिराटनगर फाइनल प्रवेश गरेको हो।

टस जितेर ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन जोडेको थियो। ओप्नर ब्याट्सम्यान मिनस थापाले नट आउट पारी खेल्दा बिराटनगरले विशाल लक्ष्य खडा गरेको थियो। उनीले ६७ बलमा ९८* जोड्दा (6s: 5, 4s: 9) रितेश माझिले १९ रन र संसद शेखले १४ रन जोडे।

त्यस्तै बेलबारी बाट दिपेश कडेलले २ विकेट र अमीत भगत, बिदुर महतोझा, उज्ज्वल श्रेष्ठले समान १/१/१ विकेट लिए।

१६५ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गर्न उत्रेको बेलबारी क्रिकेट क्लबले १६.६ ओभरमा १०१ रन बनाउदा आफ्नो सबै विकेट गुमाइ सकेको थियो। टिमको लागि सर्वाधिक सरोज बस्नेतले १९ र दिपेश सुवेदीले १८ रन जोडे।

बिराटनगरका लागि फिर्दोस अन्सारीले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर ५ विकेट, सर्बन यादवले २ विकेट, सद्दर यादव र अजय राजवंशीले समान १/१ विकेट लिए।

प्रतियोगिताको फाइनल प्रवेश गर्ने टोलिको टुङ्गो आज लाग्ने छ।

आज साझ ७ बजे बाट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बजाज खडक वरियर्स, राजविराज र युनाइटेड क्रिकेट कल्ब, बिरगंज भिड्नेछन्।