Cricket Himalaya
Cricket News From Top of The World

नेपाल द्वारा १.५ ओभरमा चिनले दिएको लक्ष पुरा !!

असोज २४, क्रिकेट हिमालय

टि-२० बिश्वकप छनोट २०२० को एसियन सब रिजनल क्वालिफायर “बि” अन्तर्गत नेपालले आफ्नो पाचौ खेलमा चीन बिरुद्ध १० विकेटको जित निकालेको छ ।

टस जितेर नेपालले फिल्डिङ फर्स्टमा गर्ने निर्णय लिएपछी ब्याटिङ सुरु गरेको चीन मात्र १३ ओभरमा अल आउट हुँदै २६ रनमा समेटिएको छ ।

चिनका लागि एच यानले ११ रन बनाय भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अन्कमा स्कोर गर्न सकेनन ।

नेपाली बलरहरु सन्दिप लामिछाने, वसन्त रेग्मी र ललित राजबन्शिले समान ३/३ विकेट लिएका थिए ।

नेपालले मात्र १.५ ओभरमा बिना विकेटको क्ष्यतीमा लक्ष २९ रन बनाउदै पूरा गरेको थियो । नेपालको लागि बिनोद भन्डारिले ८ बलमा २४ रन बनाउदै नट आउट रहेका थिए भने अर्का ओपनर प्रदिप एरिले ३ बलमा ४ रन बनाएका थिए ।