Cricket Himalaya
Cricket News From Top of The World

बिबादका बिच ओसिस क्रिकेट एकेडमी रौतहट प्रीमियर लिगको बिजेता !

असोज २३, क्रिकेट हिमालय

ओमेगा कलेज द्वारा आयोजित रौतहटको गरुडास्थित चिनी मिल्स मैदानमा सम्पन्न भएको रौतहट प्रीमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी बिबादका बिच ओसिस क्रिकेट एकेडमि ले जितेको छ !

आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा ओसिसले नेपाल पुलिस क्लबलाइ २ विकेटले पराजित गरेको हो !

फर्स्ट ब्याटिङ गरेको पुलिस १९ ओभरमा अल आउट हुँदै ८८ रन बनायको थियो ! पुलिसका योगेन्द्र कार्किले उच्च १९ रन बनायका थिय ! ओसिसका बलर हरि चौहान र रसिद खानले समान ३/३ विकेट लियेका थिय !

न्यून स्कोर पछ्यायको ओसिस हरि सन्कर साहको २३ रन र राजेस पुलामिको १७ रनको सहयोगमा १९.३ ओभरमा ८ विकेट गुमाउदै ९१ रन बनायपछी २ रनले उपाधी जित्न सफल भयको थियो ! पुलिसका बलर सुनिल धमलाले ३ विकेट र दिपेस श्रेष्ठले २ विकेट लियेका थिय !

स्कोर कार्ड

प्रतियोगितामा १२ टोलीहरु ओमेगा कलेज, धनगढी क्रिकेट एकेडेमी र रौतहट-११ समुह ‘ए’ मा, समुह ‘बि’ तर्फ नेपाल पुलिस क्लब, महाकाली क्रिकेट क्लब र लायन्स युवा क्लब, समुह ‘सी’ मा ओसिस क्रिकेट एकेडेमी, नेपाल क्रिकेट स्कुल र मलपोखरी क्रिकेट क्लब, समुह ‘डी’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र गडीमाई क्रिकेट क्लब सहभागी थिय !
प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ, यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो !

प्रतियोगिताको क्वार्टरफाईनल पछिको खेलहरु जनता टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो !

उत्कृस्ट खेलाडी पुलिसका सुनिल धमलाले नगद २५ हजार सहित ट्रफी र प्रमाण पत्र हात पार्दा बेस्ट ब्याट्सम्यान डि सि ए का भुवन कार्की , बेस्ट बलर मलपोखरिका कमल वलिले समान १० हजार नगद सहित ट्रफी र प्रमाण पत्र हात पारेका थिय !

बिबाद

दोश्रो सेमिफाइनल खेल असोज २२ मा वाइ वाइ जि एच सि ए र ओसिस क्रिकेट एकेडमी बिच रहेको थियो ! ओसिसका तर्फबाट २ खेलाडी डायरियाले खेल्न नसक्ने भन्दै थप २ खेलाडी हरि सन्कर साह र रसिद खान भित्र्यायो , जि एच सि ए ले पुर्ब जानकारी बिना खेलाडी गेमको ठिक अघि थप्न नहुने भन्ने अडान राख्यो ! खेल असोज २३ अर्थात आजलाइ सिफ्ट गरियो ! थपियेका खेलाडी नखेलाउने तर सेमिफाइनल र फाइनल एकै दिन खेल्न अनुरोध आयोजकले गर्यो, एकै दिन सम्भव नरहेको र अन्य ब्यबस्थापकिय कमजोरी उल्लेख गर्दै जि एच सि य ले खेल छोडयो, आयोजकले ओसिसलाई फाइनल पुर्यायो, थपियेका दुई खेलाडी सहित ओसिसले फाइनल समेत जित्यो

जि एच सि ए प्रतिनिधि , ” अत्यन्त कमजोर ब्यवस्थापन बिच आयोजकले खेल गराउदै थियो, हामी सेमिफाइनल पुगेका थियौ ! सेमिफाइनलको ठिक अघि ओसिसका तर्फबाट बिना जानकारी २ खेलाडी परिवर्तनको जानकारी दियो, हामिले मानेनौ, आयोजकले निस्चित उद्देस्य अनुरुप बिपक्षीलाई फाइनल पुर्यायो, हामी फर्किनु पर्यो

आयोजक प्रतिनिधि, ” बिरामी भयको डक्टरी सर्टिफिकेट ल्यायपछी हामिले अनुमती दियेका हौ खेलाडी थप्न, समय कम रहेकाले कम्युनिकेसन ग्याप जस्तो रह्यो, फाइनलको सम्पुर्ण तयारी भै सकेकाले डेट सार्न सकेनौ

आ आफ्नो दावी रहेतापनि समग्रमा बिना तयारी पुर्बाधार ब्यवस्थापन “प्रीमियर लिग कल्चर” भित्रदा केही बेथिती भित्रीयको छ नेपाली क्रिकेटमा !