Cricket Himalaya
Cricket News From Top of The World

टि-२० बिश्वकप २०२० को लागि नेपालले खेल्ने ३ छनोट प्रतियोगिता !

पौष १८, क्रिकेट हिमालय

अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि-२० बिश्वकपको छनोटको अभियानमा ६२ देश रहेका छन, नेपालको अभियान के कसरी बढे बिश्वकप खेल्ला त ?

नेपालको टि-२० बिश्वकप २०२० को बाटो !

१. पहिलो खुडकिलो : सफलतापुर्बक नेपालले पार गरेको छ ! 

नेपाल एसियाको “बि” सब रिजनल जोनमा रहेको थियो, जहाँ मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड समेत रहेका थिय । यो “बि” समुहको एसियाली सब रिजनल सेलेक्सन नेपाल, मलेसिया र सिङापुर गरि ३ टिम एसियन रिजनल सेलेक्सनमा पुगेका छन ।

[ नेपाल टप ३ मा बसेकाले यो खुडकिलो कट्यो ]

२. दोश्रो सिढी

‘ए’ र ‘बि’ गरि दुबै एसियन सब रिजनल सेलेक्सनबाट आउने ६ टिमहरु बिच एसियाली रिजनल छनोट हुनेछ, जसबाट २ टिम मात्र टि२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन । एसियन सब रिजनल ‘ए’ बाट युएई, कुवेत, कतार छनोट भएर यहाँ आईसकेका छन भने एसियन सब रिजनल ‘बि’ बाट नेेेपाल, मलेसिया र सिङापुर छनोट भयका छन !

[ कम्तिमा दोश्रो भय यो चरण पार गर्नेछ नेपालले ]

३. तेश्रो पाइला

एसियाका २ सहित बाँकी रिजनल क्वालिफायर बाट आउने ६ र २०१८ डिसेम्बर सम्मको ११-१६ र्यान्क हुने ६ गरि कुल १४ टिम बिच ग्लोबल क्वालिफायर हुनेछ । उक्त ग्लोबल क्वालिफायरबाट ६ टिम बिश्वकपमा पुग्नेछन ।

[ टप ६ मा परे नेपाल टि२० बिश्वकपमा ]

२०२० को बिश्वकप पनि दुई चरणमा हुदैछ !!

१. दोश्रो चरण : सुपर १२

२०१८ डिसेम्बर ३१ सम्म आईसीसी टि-२० वरियतामा उत्कृस्ट ८ भित्र शिर्ष स्थानमा रहेको पाकिस्तान, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान २०२० बिश्वकपको मुख्य चरण सुपर-१२ को लागि स्वत: भएका छन्। बाकी ४ टिमहरु पहिलो चरणबाट क्वालिफाइ भयर आउनेछन !

२. पहिलो चरण : सुपर १२ को लागि छनोट

टि२० बरियतामा टप ८ मा पर्न असफल २ टेस्ट टिमहरु बङलादेस, श्रीलन्का र  ग्लोबल क्वालिफायरबाट आउने ६ उत्कृष्ट टिमहरु बिचबाट उत्कृष्ट ४ टिम बिश्वकपको दोश्रो चरण सुपर १२ मा पुग्नेछन