Cricket Himalaya
Cricket News From Top of The World

रात्रिकालिन क्रिकेट, सुनसरी दोश्रो दिन : बिराटनगर वाइ आर सि सि बिजयी !

सुनसरी/असोज २१

प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको अन्तर्गत दोश्रो दिनको खेलमा ‘बिराटनगर वाइ आर सि सि’ बिजयी भएको छ ।

बिराटनगर वाइ आर सि सि ले वाइ वाइ जि एच सि ए काठमाडौलाई ३० रनले पराजित गरेको छ ।

फर्स्ट ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभर खेल्दै १ सय ६६ रनको बिजयी लक्ष पेस गरेको थियो ।

बिराटनगरका अजय राजबन्शिले ४५ बलमा ६२ रन, बि यादबले बिस्फोटक १२ बलमा ३३* रन, फिर्दोस अन्सारिले १८ बलमा २१ रन बनाएका थिए । जि एच सि ए का बलर रौनक ढुङाना र सोनु देबकोटाले समान २/२ विकेट लियेका थिय !

जवाफी ब्याटिङमा उत्रिएको जि एच सि ए ले १९.५ ओभरमा अल आउट हुँदै १३६ रन मात्र बनायपछी ३० रनको हार बेहर्यो ! जि एच सि ए का अभिषेक बस्नेतले ३५ बलमा ४५ रन र सोनु देबकोटाले २६ बलमा ४७ रन बनायका थिय ! बिराटनगरका बलर सर्बण यादबले ४ विकेट, देबान्शु मलिकले ३ विकेट लियेका थिय !

बिराटनगर वाइ आर सि सि का सर्बण यादब म्यान अफ दि म्याच भयका थिय !

प्रतियोगिता अन्र्तगत आज राती हुने तेश्रो दिनको खेल बेलबारी र काकरभिट्टा बिच हुने छ ।

प्रतियोगितामा काठमाण्डौं, धनगढी, बिराटनगर, झापा, सप्तरी र नेपाल प्रहरी सहित दश टिमको सहभागिता रहेको छ ।