Cricket Himalaya
Cricket News From Top of The World

सुशील केडिया मेमोरियल अन्तर-स्कुल क्रिकेटको उपाधी बिजेता डि ए भि ‘ए’ !

असोज २१

डीएभी स्कुलको आयोजनामा डिएभी स्कुल जाउलाखेलमा स्वर्गीय सुशील केडिया मेमोरियल अन्तर-स्कुल क्रिकेट, फुटसल र टेबल टेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
प्रतियोगिता अन्तर्गत क्रिकेट तर्फको फाइनल खेलमा आयोजक टिम डीएभी ‘ए’ ले सैनिक आवासीय माबिलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
पहिले ब्याटिंग गर्दै सैनिक आवासीयले दिएको ६३ रनको लक्ष्य डीएभीले ४ विकेट बाँकी रहँदै पछ्यायो। फाइनलको प्लेयर अफ द म्याच चुनिएका शिखर बोथराले १९ रन बनाउनुको साथै ३ विकेट समेत हात पारे।
क्रिकेटतर्फ प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभी ‘बि’ का सौरभ श्रेष्ठ घोषित भए भने उत्कृस्ट ब्याट्सम्यान जेम्स स्कुलका आशिष भट्टराई र उत्कृस्ट बलर जेम्सकै आश्रेय कडेल घोषित भए। उत्कृस्ट विकेट किपर डीएभी ‘ए’ का अर्पित खेतान, उत्कृस्ट फिल्डर सैनिक आवासीय माबिका निश्चल तामांग र उदयमान खेलाडी डीएभी ‘बि’ का आदर्श अग्रवाल घोषित भए।
प्रतियोगिताको क्रिकेटमा ८ स्कुल टिमहरु सहभागी थिए ।