Cricket Himalaya
Cricket News From Top of The World

कपिलवस्तुमा हुर्कदै छ ‘निर्भना क्रिकेट एकेडेमी’ !

असोज २२/राज खत्री

नेपालमा क्रिकेट खेल एकदमै लोकप्रिय छ। तराइको समथर जमिन देखि हिमाल पहाडको गरामा समेट क्रिकेट खेलिन्छ। पछिल्लो समयमा नेपाली क्रिकेटले पाएको सफलता र अवसरहरु बिर्सन नसकिने छ। नेपाल क्रिकेट संघको प्रतिबन्ध देखि लिएर बिश्वकप छनोट हुँदै एकदिवसीय मान्यता पाउनु सबै हाम्रो पछिल्लो समयको उपलब्धी हो।

राष्ट्रको लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न अहिले एकेडेमी र क्रीकेट क्लबहरुले ठूलो भुमिका बहन गरेका छन। क्रिकेट गतिविधिलाई निरन्तरता दिदै खेलाडी उत्पादन गर्ने एकेडेमी मध्ये एक निर्भना क्रिकेट एकेडेमी हो।

रुपन्देही स्थिति निर्भना क्रिकेट एकेडेमीले अहिले स्थानीय महिला र पुरुष लाई क्रीकेट प्रशिक्षण दिरहेको छ।

निर्भना क्रिकेट एकेडेमीको अध्यक्ष सबित्रा जिसिको अनुसार

अहिले एकेडेमीमा ५४ जनाले प्रशिक्षण लिने गर्दछन। कपिलवस्तुमा क्रिकेटको माहोल बनाउदै एकेडमीले स्थानीय प्रतिभालाई निखार्दैछ।

अहिले एकेडेमीमा आउने खेलाडीलाई पुर्व यु१९ खेलाडी प्रकाश केसिले प्रशिक्षण दिइरहनु भएको छ।

सुरु सुरुमा खेलाडीहरु लाई तौलिहवा मैदानमा प्रशिक्षण दिइने गरिन्थ्यो… तर बिस्तारै समय प्रतिकुल हुँदै गयो। एकै मैदानमा क्रिकेट अभ्यास, फुटबल खेल्ने, गाइबस्तु चराउने जस्ता विविध कारणले गर्दा एकेडेमीमा प्रशिक्षण लिने महिलाको लागि सुरक्षाको दृष्टिकोणले समास्या उक्त मैदान उचित भएन। सबै दृष्टि बाट सुरक्षित मैदानको खोजी गर्दा अन्त्यमा एकेडमीले कपिलवस्तु बहुउद्देश्यीय क्याम्पसको मैदान फेला पार्यो।

कलेजको बन्जड जमीन प्रयोगमा नआए पछि उक्त मैदान प्रयोगको लागि क्याम्पस प्रशासनमा अनुरोध गरेपछी प्रशासन बाट स्वीकृति प्राप्त गर्दै एकेडेमिले उक्त मैदान सरसफाइ गरेर अहिले अभ्यासको लागि योग्य बनाएको छ। मैदान तयारको लागि एकेडेमीका प्रशिक्षक, प्रशिक्षार्थी देखि एकेडेमी सबैले आफ्नो पूरा मेहनत मैदान तयार गर्नमा लगाएका छन।

जिल्लामा क्रिकेटको प्रशासनिक निकाय कपिलवस्तु क्रिकेट संघ भएता पनि संघ बाट जिल्लामा खासै क्रिकेट गतिविधि संचालन नभएको देखिन्छ। अधिकांश जिल्लामा भएको क्रिकेट संघमा केवल पदको लागि संघमा आवद्ध हुने तर आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने देखिन्छ।

निर्भना क्रिकेट एकेडेमी यस्ता थुप्रै यस्ता थुप्रै समस्याको सामना गर्दै क्रिकेट प्रशिक्षण दिइरहेको छ !