Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रीमियर लिग आठौ दिन : जि एच सि ए र नेपाल पुलिस सेमिफाइनल प्रबेस !

असोज २१, क्रिकेट हिमालय

रौतहट प्रीमियर लिग अन्तर्गत आज सम्पन्न आठौ दिनका खेलहरुमा वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडमी र नेपाल पुलिस क्रिकेट क्लब आ आफ्नो खेलमा बिजयी हुँदै सेमिफाइनल प्रबेस गरेका छन !

पहिलो खेल : जि एच सि ए र महाकालि क्रिकेट क्लब

फर्स्ट ब्याटिङ गरेको जि एच सि ए ले सोनु तामाङ ३५, इसान पान्डे २०, भुपेन्द्र थापा १९ को सहयोगमा २० ओभरमा ६ विकेट गुमाउदै १२१ रन बनायको थियो ! महाकालिका सुनिल सुनारले २ विकेट लियेका थिय !

लक्ष पछ्यायको महाकाली १८.१ ओभरमा अल आउट हुँदै ९६ रन मात्र बनायपछी २५ रनको हार बेहर्यो ! जि एच सि ए का बिक्रम सोब र सोनु तामाङले ४/४ विकेट लियेका थिय !

प्लेयर अफ द म्याच जि एच सि ए का सोनु तामाङ घोसित भयका थिय !

दोश्रो खेल : नेपाल पुलिस क्लब र नेक्सस क्रिकेट एकेडमी

प्रेम तामङको ४०, अमित श्रेष्ठको ३० रनको सहयोगमा फर्स्ट ब्याटिङ गरेको पुलिसले ७ विकेट गुमाउदै २० ओभरमा १३३ रन बनायको थियो ! नेक्ससका विशाल पौडेलले ३ र अर्जुन गिरिले २ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको नेक्सस महेस रानाको ६३ रनको बाबजुद निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १२६ रन मात्र बनायपछी झिनो ७ रनले पराजित रह्यो !

पुलिसका दिपेस श्रेष्ठले ३ विकेट लिदै म्यान अफ द म्याच समेत भयका थिय !