Cricket Himalaya
Cricket News From Top of The World

टि-२० बिश्वकप सब रिजनल छनोटमा थाइल्यान्ड बिरुद्ध नेपालको जित !

असोज २१, क्रिकेट हिमालय

टि-२० विश्वकप छनौट अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड बिरुद्ध फर्स्ट ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७२ रन जोडेको छ । नेपालको लागि करन केसीले सर्वाधिक ४०, शरद भेषवाकरले ३४ रन बनाएका थिए । बिनोद भण्डारी १५ रन, अनिल कुमार साह २५ रन बनाएका थिए साथै दिपेन्द्र सिंह ऐरी ३० रन, आरिफ शेख ८ रन बनाएका थिए । थाइल्याण्डको बलर पेयुपुथ संगनार्डले सर्वाधिक ४ विकेट र भिचन्थन सिंहले २ विकेट लिएका थिए ।

एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८ ओभर पाँच बलमा ९ विकेट गुमाएर १८ रन जोडेपछि खेल वर्षाले प्रभावित भएको थियो । त्यसपछि खेल सुचारु हुन सकेन । सन्दिप लामिछानेले लगातार दोस्रो पटक ५ विकेट, करण केसीले ३ विकेट लिएपछि नेपालले थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ । लगातार तेस्रो जितपछि ३ खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।