Cricket Himalaya
Cricket News From Top of The World

सुनसरी रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारी बिजयी !

सुनसरी/असोज २०

प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारी बिजयी भएको छ ।

बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको छ ।

फर्स्ट ब्याटिङ गरेको फुलबारीले निर्धारित २० ओभर खेल्दै १ सय ४१ रनको बिजयी लक्ष पेस गरेको थियो । फुलबारीका लागि गौतम शर्माले ५० रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बेलबारीले १९ दशमलब ४ ओभर खेल्दै लक्ष भेटाएको थियो । म्यान अफ दि म्याच सरोज बस्नेतकोको २६ रन सहित १ बिकेट मद्यतमा बेलबारीले ६ बिकेटको जित दर्ता गरेको छ ।

प्रतियोगिता अन्र्तगत आज राती हुने दोस्रो खेल काठमाण्डौं र बिराटनगर बिच हुने छ ।

इनरुवा नगर प्रमुख राजन मेहता, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखका साथै वडाध्यक्षहरुले एकसाथ प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा काठमाण्डौं, धनगढी, बिराटनगर, झापा, सप्तरी र नेपाल प्रहरी सहित दश टिमको सहभागिता रहेको छ ।