Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रीमियर लिग छैठौ दिन : मलपोखरी र ओसिस बिजयी !

रौतहट प्रिमियर लिग अन्तर्गत सम्पन्न छैठौ दिनका क्वाटरफाइनलका खेलहरुमा मलपोखरी क्रिकेट क्लब र ओसिस क्रिकेट एकडमी बिजयी भयका छन !

पहिलो खेल : धनगढी क्रिकेट एकेडेमी र मलपोखरी क्रिकेट एकेडमि

टस जितेर ब्याटिंग गरेको धनगढीले १९.२ ओभरमा ११८ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि ११९ रनको लक्ष्य मलपोखरीले १४.१ ओभरमा १ विकेट मात्रै गुमाएर भेट्यो।

फर्स्ट ब्याटिङ गरेको डि सि ए पवन कार्कीको २८ रन, दिपेन्द्र थापाले २२ रन, कप्तान भुवन कार्की ( ० ) र राजु रिजाल ( २ ) को सहयोगमा १९.२ ओभरमा ११८ रन बनायको थियो ! मलपोखरीको लागि कमल खति र कमल ओलीले समान ३/३ विकेट हात पारे।

झिनो लक्ष पछ्यायको मलपोखरी खडक बोहराको अविजित ५९ र सोहन यादबले ३२ रनको सहयोगमा १४.१ ओभरमा १ विकेट गुमाउदै लक्ष पूरा गरेको थियो !

खेलको म्यान अफ द म्याच खडक बोहरा भयका थिय !

दोश्रो खेल : ओसिस क्रिकेट एकेडमि र रौतहट ११

टस जितेर फर्स्ट ब्याटिंग गरेको रौतहट-११ ले निर्धारित २० ओभरमा अल आउट हुँदै मात्र ८४ रन बनाउन सक्यो। ओसिसका मेहबुब आलम र पुस्प थापाले समान ३/३ विकेट लियेका थिय !

झिनो लक्ष पछ्यायको ओसिस १४ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनायपछी ४ विकेटले बिजयी रह्यो !

मेहबुब आलम खेलको म्यान अफ द म्याच भयका थिय !

बाकि क्वाटरफाइनल खेलहरु आइतबार नेपाल पुलिस क्लब र नेक्सस क्रिकेट एकेडेमी एवम महाकाली क्रिकेट एकेडेमी तथा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी बिच हुनेछ !