Cricket Himalaya
Cricket News From Top of The World

निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग कार्तिक २७ बाट !!

असोज २०, क्रिकेट हिमालय

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको संघिय इकाई प्रहरी कार्यालयको मैदानमा आगामी कार्तिक २७ देखि निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग हुने भयको छ !

प्रतियोगिताको तेस्रो संस्करणलाई यसपटकबाट राष्ट्रव्यापी बनाइएको आयोजकले बताएको छ ।खेलाडीको क्रिकेट प्रतिभालाई थप प्रस्फोटनका निम्ति तथा नयाँ प्रतिभालाई अवसरका लागि यो प्रतियोगिताले सहयोग गर्ने छ

यो विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हो । जसमा यो वर्ष देशभरीबाट विभिन्न १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।