Cricket Himalaya
Cricket News From Top of The World

नेपालसँग मलेसिया पराजित, सन्दिपको उत्कृस्ट बलिंग प्रदर्शन

असोज २०, क्रिकेट हिमालय

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्यो । मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९.३ ओभरमा १०० रनमा अलआउट भयो । जवाफमा नेपालले १२।४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

पहिलो ईनिङ :

सेइद इजाज : १३ रन
शफिक शरिफ : ४९ रन (३७ बलमा ७ चौका र २ छक्का)

नेपालको बलिङमा

सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट (४-०-२०-५)
सोमपाल कामी ३ विकेट (३।३-०-१६-३)

दोस्रो ईनिङ :

बिनोद भण्डारी : १२ रन
पारस खड्का : ५२ रन
ज्ञानेन्द्र मल्ल : २७ रन

मलेसियाको बलिङमा

सेइद इजाज र पभनदिप सिंह ले १/१ विकेट लिए ।

सन्दिपको ४ ओभरको स्पेलमा २० रन खर्चिएर ५ विकेट लिएका थिए । यसअघि म्यानमार बिरुद्धको पहिलो खेलमा ४ विकेट हात पारेका थिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ ।