Cricket Himalaya
Cricket News From Top of The World

स्वर्गीय सुशील केडिया मेमोरियल अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सुरु !

डीएभी स्कुलको आयोजनामा डिएभी स्कुल जाउलाखेलमा स्वर्गीय सुशील केडिया मेमोरियल अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा क्रिकेटका ८ वटा टिमहरु सहभागी रहेका छन्।
बिहिबार सम्पन्न क्रिकेटतर्फको समुह ‘ए’ तर्फ को खेलबाट डीएभी ‘ए’ र जेम्स स्कुल सेमीफाइनल प्रवेश गरेका छन्।
क्रिकेटतर्फ शुक्रबार समुह ‘बि’ को खेलहरु संचालन हुनेछन्।
क्रिकेट तर्फको पहिलो खेलमा डीएभी ‘ए’ ले जेम्स स्कुललाई ८ रनले पराजित गर्यो , यस्तै दोश्रो खेलमा ग्यालेक्सी स्कुलले एभीएम स्कुललाई ५९ रनले, तेश्रो खेलमा डीएभी ‘ए’ ले एभीएम स्कुललाई ७० रनले, चौथो खेलमा जेम्स स्कुलले ग्यालेक्सी स्कुललाई ३० रनले, पाँचौ खेलमा जेम्स स्कुलले एभीएम स्कुललाई ३८ रनले तथा अन्तिम खेलमा डीएभी ‘ए’ ले ग्यालेक्सी स्कुललाई ४० रनले पराजित गर्यो।
सहभागी टिमहरु :-
क्रिकेट – ग्यालेक्सी पब्लिक स्कुल, सैनिक आवासीय महाबिद्यालय , एलआरआई स्कुल, एभीएम स्कुल, राजश्री गुरुकुल स्कुल, डीएभी ए र बि , जेम्स स्कुल