Cricket Himalaya
Cricket News From Top of The World

अर्घाखाँची प्रिमियर लिग : एम्स स्टार र रोयल सन्धिखर्क फाइनलमा !

असोज १७, क्रिकेट हिमालय

अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा संचालित अर्घाखाँची क्रीकेट एकेडेमीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क टुडिखेल मैदानमा दोस्रो संस्करणको अर्घाखाँची प्रीमियर लिग टि-ट्वान्टी क्रीकेट प्रतियोगिता चलिरहेको छ।

२०७५ असोज १२ गते शुक्रबार विशेष कार्यक्रमका बिच उद्घाटन भइ सुरु भएको प्रतियोगिताले अर्घाखाँची जिल्लाका खेलाडी, खेल प्रेमी सबैलाई उत्साहित बनाएको छ।

डबल राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा जम्मा छैठौ दिनको समाप्तिसङै १३ खेल मध्ये अहिलेसम्म १० खेल सम्पन्न भएका छन !

रोयल सन्धिखर्क र एम्स स्टारले ५ मध्ये ४/४ खेल जितेर क्रमश: पहिलो र दोस्रो स्थानमा छन्, यी दुबै टिम १ खेल अगाडि नै फाइनलमा पुगेका छन्। त्यस्तै नमस्ते अर्घाखाँचीले ५ खेल मध्ये २ र सुपर सुपाले ५ खेल मध्ये १ खेलमा मात्र जित हात पारेका छन्, यी दुई टिम क्रमशः तेस्रो र चौथो स्थानमा छन्।यी दुबै टिम प्रतियोगिताको फाइनलमा पुग्न असफल भए।

प्रतियोगिताको पहिलो खेलमा पहिलो खेलमा रोयल सन्धिखर्कले नमस्ते अर्घाखाँचीलाई पराजित गरेको थियो, उक्त खेलमा सुवास थापा प्लेयर अफ द म्याच भए।

दोस्रो खेलमा सुपर सुपा विरुद्ध एम्स स्टार विजयी हुदा बिजय बन्जाडे प्लेयर अफ द म्याच भए।

तेस्रो खेलमा सुपर सुपा विरुद्ध नमस्ते अर्घाखाँचीले जित निकाल्दा दिनेश पुरी प्लेयर अफ द म्याच भए।

चौथो खेलमा एम्स स्टारले रोयल सन्धिखर्कलाई हराउदा बाबुराम थापा प्लेयर अफ द म्याच भए।

पाचौं खेलमा रोयल सन्धिखर्कले सुपर सुपालाई हराउदा सुवास थापा प्लेयर अफ द म्याच भए।

त्यस्तै छैटौं खेलमा नमस्ते अर्घाखाँची विरुद्ध एम्स स्टारले जित हात पार्दा बाबुराम थापा प्लेयर अफ द म्याच भए।

सातौ खेलमा रोयल सन्धिखर्कले नमस्ते अर्घाखाँचीलाई हराउदा प्लेयर अफ द म्याच जगत क्षेत्री भए।

आठौं खेलमा एम्स स्टारले सुपर सुपालाई हराउदा आनन्द श्रेष्ठ प्लेयर अफ द म्याच भए।

नवौं खेलमा एम्स स्टारलाई रोयल सन्धिखर्कले हराउदा जगत क्षेत्री प्लेयर अफ द म्याच भए

दसौं खेलमा सुपर सुपाले नमस्ते अर्घाखाँचीलाई हराउदा त्रिभुज कार्की प्लेयर अफ द म्याच भए।

प्रतियोगिता अन्तरगत भोलि नमस्ते अर्घाखाँची र एम्स स्टार तथा रोयल सन्धिखर्क र सुपर सुपा खेल्नेछन्।पर्सि प्रतियोगितामा कुनै खेल छैनन् भने २० गते शनिबार एम्स स्टार र रोयल सन्धिखर्क बिच फाइनल हुनेछ।

सिमित स्रोत र साधनका बिच ४ महिना देखि प्रतियोगिताको तयारीमा लागेको, एपिएल जिल्लाकै उत्कृष्ट र सर्वाधिक राशीको प्रतियोगिता रहेको र प्रतियोगिता सफल गराउन आफुले धेरै मिहिनेत गरिरहेको एपिएलका संयोजक ऋषिकेश भट्टराईले भन्नुभयो, त्यस्तै उहाले एपिएललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरिरहनुभएका सबैलाई धन्यवाद दिदै सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

प्रतियोगितामा बिक्रम कुमार भुसालको कप्तानिमा एम्स स्टार, जगत क्षेत्रीको कप्तानिमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्किको कप्तानिमा सुपर सुपा च्यालेन्जर्स गरि ४ टिम सहभागी रहेका छन

प्रतियोगिताको विजेताले १ लाख ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले ५५ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।प्रतियोगितामा विभिन्न १३ विधामा पुरस्कार राखिएको छ।