Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रिमियर लिग तेश्रो दिन : ओसिस एकेडमी र रौतहट ११ बिजयी !

असोज १७, क्रिकेट हिमालय

रौतहट प्रीमियर लिग अन्तर्गत सम्पन्न तेश्रो दिनको खेलमा ओसिस एकेडमी र रौतहट ११ बिजयी भयका छन !

पहिलो खेल : ओसिस र एन सि एस

फर्स्ट ब्याटिङ गरेको ओसिस एकेडमिले हसिम अन्सारिले १०, मेहबुब आलमले १९, सुरज पटेलले ३७ रनको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११६ रन बनायको थियो ! एन सि एस का मिरनल गुरुङले ३ विकेट र रिजन ढकालले २ विकेट लियेका थिय !

मध्यम लक्ष पछ्यायको एन सि एस दिनेस अधिकारीको ३४ रन, बोबिन शर्माको २३ रनको सहयोगमा १७.३ ओभरमा अल आउट हुदै ८३ रन मात्र बनायपछी ३३ रनले पराजित रह्यो !

दोश्रो खेल : रौतहट ११ र ओमेगा

फर्स्ट ब्याटिङ गरेको रौतहट ११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १२७ रन बनायको थियो ! रौतहटका लागी आसु कन्डोइले ४० रन, आसिक साहले २७ रन बनायका थिय ! ओमेगाका हरि सन्कर र रवि प्रताप सिंहले समान २/२ विकेट लियेका थिय ! ओमेगाले अल आउट हुदै १०९ रन मात्र बबनायपछी १८ रनको हार बेहर्यो !