Cricket Himalaya
Cricket News From Top of The World

म्यानमारले दिएको लक्ष्य नेपाल द्वारा ३ ओभरमा पुरा !

असोज १७, क्रिकेट हिमालय

टि-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । फर्स्ट ब्याटिंग रोजेको म्यानमारले १० ओभरमा मात्र २९ रनमा अलआउट भएको थियो ।

लिङ्ग यङ्गले सर्वाधिक १६ रन बनाएका थिए । नेपालको लागि सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट, ललित राजबंशीले ३ विकेट लिए भने ललित भण्डारी र करन केसीले समान १/१ विकेट लिएका थिए ।

३० रनको झिनो लक्ष नेपालले ३ ओभरमा २ विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि प्रदिप एरि ०, अनिल शाह ११, बिनोद भन्डारी १* र करण केसीले १४* रन बनाएका थिए ।