Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रिमियर लिग दोश्रो दिन : डि सि ए र ओसिस एकेडमी बिजयी !

असोज १५, रौतहट | क्रिकेट हिमालय

ओमेगा कलेज द्वारा आयोजित रौतहटको गरुडास्थित चिनी मिल्स मैदानमा शुरु भएको रौतहट प्रिमयर लिग क्रिकेट प्रतियोगिताको दोश्रो दिनको खेलहरुमा धनगढी क्रिकेट एकेडमी र ओसिस क्रिकेट एकेडमी बिजयी भएका छन ।

पहिलो खेल

भुवन कार्किको बिस्फोटक ४० बलमा ११८ रनको सहयोगमा डिसिए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २६० रन बनाएको थियो । प्रतिउत्तरमा ओमेगा कलेजले २० ओभरमा ९ विकेट गुमाउदै १३० रन मात्र बनाएपछी विशाल १३० रनको हार बेहर्यो ।

दोश्रो खेल

मलपोखरी क्रिकेट क्लबले फर्स्ट ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै मात्र ९२ रन बनाएको थियो । ओसिस क्रिकेट एकेडमिले मात्र १३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष भेटाएपछी सहज ६ विकेटको जित हात पार्यो ।

प्रतियोगितामा कुल १२ वटा टिम सहभागी रहेका छन् भने २३ गते प्रतियोगिताको फाईनल खेल हुनेछ । प्रतियोगिताका बिजेता टिमले ३ लाख ५० हजार नगद हात पार्ने छ भने उप विजेता टिमले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

स्कोर कार्ड