Cricket Himalaya
Cricket News From Top of The World

महिला क्रिकेट छनोटमा समाबेस नगरिएकोमा पुर्ब कप्तान ‘एल बि छेत्री’ को विज्ञप्ति !

असोज १५, क्रिकेट हिमालय

आठौ राष्ट्रिय खेलकुद, २०७५ अन्तर्गत हुने विभिन्न खेलहरुको जिल्ला र प्रदेश स्तरिय छनोट प्रतियोगिताका लागि सार्वजनिक गरिएको जिल्लाका छनोट खेलाडिहरुको कोटामा ‘महिला क्रिकेट’ लाई नपारिएकोमा स्तब्ध र दुखित तुल्यायको उल्लेख गर्दै पुर्ब कप्तान एवम महिला क्रिकेट अभियन्ता एल बि छेत्रीले आज एक बिज्ञप्ति मार्फत जनाएका छन । उक्त बिज्ञप्तिमा नेपाली महिला क्रिकेटको गर्बित र गरिमामय ईतिहासको अबमुल्यन गरिएको जनाईएको छ । साथै नेपाली पुरुष क्रिकेटले समेत एकदिवसीय अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको परिपेक्ष्यमा यस खेललाई अझ सशक्त एवम योजनाबद्ध तरिकाले सम्बर्द्धन, प्रबर्द्धन र बिकास गर्नुको साटो महिला क्रिकेट खेलको जिल्ला छनोट नराख्नु गम्भीर त्रुटि भएकाले यसलाई अबिलम्ब सच्चाई महिला क्रिकेटलाई समेत जिल्ला छनोट प्रतियोगितामा समाबेस गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित योजनाकारको यस् बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराउदै उक्त खेल (महिला क्रिकेट) लाई जिल्लाबाट नै छनोट हुने गरि सामेल गर्न हार्दिक अनुरोध समेत बिज्ञप्तिमा गरिएको छ ।

बिज्ञप्ति