Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु-१९ को युथ एसिया कपमा लगातार दोश्रो हार !

असोज १५ | क्रिकेट हिमालय

बंगलादेशमा जारी यु-१९ एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ । लगातर दोस्रो हारसँगै नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । टस जितेर ब्याटिङ गरेको नेपाल यु-१९ ले ३८.२ अोभरमा सवै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाएको थियो । रोहितकुमार पौडेलले ४६ रन, रसिद खानले अाक्रामक खेल्दै २५ बलमा ३० रन, कप्तान मोहम्मद अासिफ सेख २० तथा अोपनर रित गौतमले १० रन बनाएका थिए । अफगानिस्तानका अजमातुल्हाल अोमाराजीले ४ विकेट, क्यूज अहमद कामावल र अब्दुल रेहमानले समान २-२ विकेट लिएका थिए ।

नेपालले दिएको १ सय ३२ रनको झिनो लक्ष्य अफगानिस्ताले ३६.१ अोभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो । अफगानिस्तानका राहमुल्लाह गुरबाजले २६, अजमुतुल्हाल अोमाराजीले २३ तथा अारिफ खानले २१ रन जोडे । नेपालका सुर्य तामाङले ४ तथा रसिद खान, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए । पहिलो खेलमा भारतसँग फराकिलो अन्तरले पराजित नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । त्यस्तै समूह “बी” मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् ।