Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रीमियर लिग पहिलो दिन : मलपोखरी र डि सि ए बिजयी !

असोज १४/रौतहट

ओमेगा कलेज द्वारा आयोजित रौतहटको गरुडास्थित चिनी मिल्स मैदानमा आजबाट शुरु भएको रौतहट प्रिमयर लिग क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा मलपोखरी क्रिकेट क्लबले नेपाल क्रिकेट स्कुललाई र धनगढी क्रिकेट एसोसिएनले रौतहट ११ लाइ पराजित गर्दै बिजयी सुरुवात गरेको छन !

टस जितेर पहिले ब्याटिङ्ग थालेको नेपाल क्रिकेट स्कुलले निर्धारित १५ ओभरमा १३.३ ओभर खेल्दै जम्मा ६८ रन मात्र जोड्न सक्यो।

६९ रनको लक्ष्य पन्छयाउदै जवाफी ब्याटिङ्गका लागि मैदान उत्रिएको मलपोखरी क्रिकेट कल्बले ८.२ ओभरमै ४ विकेटको क्षतिमा ७३ रन बनाउदै नेपाल क्रिकेट स्कुललाई पराजित गरेको छ ।

मलपोखरीका लागी विराट भण्डारीले उत्कृष्ट ब्याटिङ्ग गर्दै २ चौका र २ छक्काको मदतले ३० रन जोडेका थिए भने एनसिएस विरुद्ध मुलपोखरीका बलर कोमल ओली र सोहन यादवले बराबर ३/३ विकेट हात पारेका थिए ।

दोस्रो खेल

आजै सम्पन्न दोश्रो खेलमा धनगढी क्रिकेट एसोसिएसनले रौतहट ११ लाई १० विकेटले पराजित गरेको छ ।

रौतहट ११ का आशु कन्दोई, आशिक साह, आशुतोष सिंह प्रभावकारि नदेखियेपछी धनगढीले रौतहटलाई ५० रनकै स्कोरमा रोकेको थियो ।

५१ रनको लक्ष्य पन्छयाउँदै मैदान छिरेका धनगढीका ओपनर ब्याट्सम्यान बिपिन रावल र बसन्त सिंह कार्कीले टिमलाई नट आउट रहदै फराकिलो बिजय दिलायेका थिय ! धनगढीका लागि विपिनले अविजित २४ रन र बसन्तले अवजित १७ रन बनाएका छन् ।

रौतहट ११ का विरुद्ध धनगढीका बलर भुवन कार्कीले ३ विकेट हात पारेका थिए ।

प्रतियोगितामा कुल १२ वटा टिम सहभागी रहेका छन् भने २३ गते प्रतियोगिताको फाईनल खेल हुनेछ ।

प्रतियोगिताका बिजेता टिमले ३ लाख ५० हजार नगद हात पार्ने छ भने उप विजेता टिमले १ लाख ५० हजार प्राप्त गर्नेछ !