Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देहिमा सम्पन्न ‘नुसि कप’ को उपाधी बिजेता गिर्वाण मा वि !

क्रिकेट हिमालय / बुटवल

रुपन्देहीमा जारी नुसि इन्टरस्कुल जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी गिर्वाण मावीले जितेको छ ।

आज सम्पन्न पामिर एकेडेमी र गिर्वाण माबी बिचको फाइनल खेलमा पामिर एकेडेमीलाई ३ विकेटले हराउदै गिर्वाण मावीले उपाधी माथी कब्जा गरेको हो।

उपाधी सङै गिर्वाण माबीले २५ हजार नगद ट्र्फी र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता पामिर एकेडेमीले नगद १५ हजार ट्र्फी र प्रमाणपत्र प्राप्त गरेको छ ।

आज सम्पन्न फाइनल खेलमा टस जिति फिल्डिङ रोजेको गिवार्ण माविले पहिले पामिर एकेडेमीलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ सुरु गरेको पामिर एकेडेमी ले १४.२ओभरमा सम्पुर्ण विकेट गुमाउदै ८२ रनमा समेटिएको थियो । पामिर एकेडेमीको लागि सर्वाधिक रन गणेश गुरुङले १९ तथा अशिम थापाले ११ रनको योगदान दिएभने अन्य ब्याटिङ लाइन खासै जम्न सकेन !

गिर्वाणको लागि बलिङ तर्फबाट सुनिलले ४ तथा अनिलले ३ बिकेट लियका थिय !

जवाफी ब्याटिङ गरेको गिर्वाण माबीले १६ औ ओभरमा ७ विकेट गुमाउदै ३ विकेटको जित निकाल्न सफल भयो ! गिर्वाण माविको लागि अर्जुन पाठकले २६ बलमा ७ छक्काको मद्दल ४७ रनको बिजयी पारी खेलेका थिय !

बलिङ तर्फबाट पामिर एकेडेमीको लागि सुरज घिमिरे र गणेश गुरुङले समान २/२ विकेट लिय भने सुनिल गुरुङ पृथी मगर र प्रदिपले समान १/१ विकेट लिए ।

खेल को म्यान अफ दि म्याच गिर्वाण मावी का अर्जुन पाठक घोषित भए म्यान अफ दि सिरिज पामिर ईंग्लिश बोर्डिङ का गणेश गुरुङ भए, उत्कृष्ट ब्याट्याम्यान एभरेस्ट माबीका सागर न्यौपाने भएका थिय भने उत्कृष्ट बलर पामिर एकेडेमीका सुरज घिमिरे भयका थिय !