Cricket Himalaya
Cricket News From Top of The World

महिला क्रीकेटलाई जिल्ला छनोटमा कोटा नदिएकोमा दाङ क्रीकेट संघ को आपत्ती।

असोज १३/दाङ

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि जिल्ला छनोट प्रतियोगिता हरु नहुने भए पछि दाङ जिल्ला क्रीकेट संघले एक विज्ञप्ती जारी गरि बिरोध जनाएको छ।

जिल्ला अध्यक्ष प्रदिप मजगैयाले जारी गर्नु भएको विज्ञप्तीमा जिल्ला छनोट खेलहरु गर्न माग गरिएको छ।

अन्तरास्ट्रिय स्तरमै महत्वपूर्ण स्थान राख्ने महिला क्रीकेटले जिल्ला छनोटमा कुनै कोटा नपाउनु सिधै प्रर्देशको टिम बनाएर राष्ट्रिय प्रतियोगिता गर्छु भन्नू महिला क्रीकेट विकासको लागि ठुलो विडम्बना हो।

नेपालको महिला खेलाडीहरुले कुनै राम्रो प्रतियोगिताहरु खेल्न नपाएको अबस्थामा राज्यलेनै गर्न लागेको राष्ट्रिय प्रतियोगितामा जिल्लाका महिला खेलाडीहरु लाई खेल प्रदर्शन गर्ने मौका नदिनु आफैमा दु:खद रहेको विज्ञप्तीमा उल्लेख छ।

आगामि मंसिर २१ गते देखि आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ। जस अन्तर्गत दाङ जिल्लाले महिला राष्ट्रिय क्रीकेट प्रतियोगिता दाङमा गर्ने कार्यक्रम रहेता पनि तयारी प्रती आफू सन्तुष्ट नरहेको मजगैयाको गुनासो छ

दाङ जिल्ला क्रीकेट संघले महिला पुरुष दुबै प्रतियोगिता गर्ने गरि प्रस्ताव गरेको थियो तर महिला क्रीकेट प्रतियोगिता मात्र गर्ने निर्णय भयो, यतिमा पनि हामिले खुशी थियौं, तर बिडम्बना आजको दिन सम्म प्रतियोगिता गर्ने मैदान, अभ्यास गर्ने मैदानको भौतिक संरचना निर्माण वा प्रतियोगिता तयारी गर्न दाङ जिल्लाले एक रुपैयाँ बजेट पाएको छैन। तेसै गरि प्रतियोगिता हुने खेलको जिल्ला संघ सङ एक पटक पनि औपचारिक छलफल जिल्ला खेलकुद वा क्षेत्रले गरेको छैन

जसो तसो प्रतियोगिता गर्ने मैदानहरुमा स्थानिय तहहरु र नगरबिकासको सहयोगमा काम गरिरहेका छौँ तर यतिले मात्रै तयारी पुर्ण हुँदैन, तेसैले यथासम्भव प्रतियोगिता हुने मैदान, अभ्यास मैदानमा काम गर्न समेतको विज्ञप्तीमा माग गरिएको छ “।