Cricket Himalaya
Cricket News From Top of The World

अर्घाखाँची प्रीमियर लिग : रोयल सन्धिखर्क र एम्स स्टारको विजयी सुरुवात !

नारायण पान्डे
असोज १३/अर्घाखाँची

अर्घाखाँची क्रिकेट एकेडेमीको अायोजनामा सन्धिखर्कको टुडिखेलमा हिजोबाट दोस्रो संस्करणको अर्घाखाँची प्रीमियर लीग क्रीकेट प्रतियोगिता सुरु भएको छ।

त्यस्तै प्रतियोगिताको पहिलो दिन हिजो जगत क्षेत्री सन्जुको कप्तानिमा रहेको टिम रोयल सन्धिखर्क र जीवन भट्टराईको कप्तानिमा रहेको टिम नमस्ते अर्घाखाँची बिच खेल सुरु भएको थियो तर खेल नसकिने भएपछि हिजो पहिलो इनिङ मात्र भएको थियो।

उक्त खेलमा नमस्ते अर्घाखाँचीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे संगै ब्याटिङमा उत्रिएको रोयल सन्धिखर्कले १९ ओभरमा सबै विकेट गुमाएर मात्र १४५ रन बनायो। रोयल सन्धिखर्कको लागि सुवास थापाले ७०, सौरभ केसीले ३४, माधब केसीले १६ रन जोड्दा अन्य ब्याट्मेन्डले दोहोरो रन जोड्न सकेनन्।
नमस्ते अर्घाखाँचीको लागि मदन श्रेष्ठले ३, जीवन भट्टराई र दिनेश पुरीले २/२ तथा गोबिन्द केसि र बसन्त ओलिले १/१ विकेट लिए।

आज बिहान १४६ रनको लक्ष्य पछ्याउँन ब्याटिङमा उत्रिएको नमस्ते अर्घाखाँचीले १६ ओभरमा मात्र ७२ रन जोड्दा सबै विकेट गुमाई खेल ७३ रनले हार्न पुग्यो। नमस्ते अर्घाखाँचीको लागि माधब श्रेष्ठले ३२ रन जोड्नु बाहेक अरु ब्याट्मेन्डले दोहोरो रन जोड्न सकेनन्। रोयल सन्धिखर्कको लागि केशव गैरेले ३ तथा माधव केसी, हेमराज मुखिया र जगत क्षेत्रीले २/२ विकेट लिदा सागर चौहानले १ विकेट लिए।

खेलमा ७ छक्का र ३ चौकाको मद्दतले ७० रन जोडेका सुवास थापा खेलको म्यान अफ द म्याच घोषित भए।

त्यस्तै दोस्रो खेल त्रिभुज कार्कीको कप्तानिमा रहेको सुपर सुपा च्यालेन्जर्स र बिक्रम कुमार भुसालको कप्तानिमा रहेको एम्स स्टार बिच भएको थियो।

उक्त खेलमा सुपर सुपा च्यालेन्जर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो। पहिले ब्याटिङमा आएको एम्स स्टारले निर्धारित २० ओभरमा १५६ रन जोड्दै ६ विकेट गुमायो। एम्स स्टारको लागि बिकास केसीले ३४, आदित्य केसीले ३३, बिक्रम भुसालले २१, उत्तम मगरले १८,प्रवेश भुसालले १७, निखिल केसीले १३ रन जोडे।

सुपर सुपाको लागि प्रेम श्रेष्ठले ३ तथा अर्जुन पुन, सुरज अधिकारी र प्रकाश डम्बरपलले १/१ विकेट लिए।

१५७ रनको लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको सुपर सुपा च्यालेन्जर्सले ६ विकेट गुमाएर मात्र १४७ रन बनाउन सक्यो। सुपर सुपाका लागि लक्ष्मण रायमाझीले ५१, सुरज अधिकारीले ३४, सुनिल घर्ती मगरले २४,त्रिभुज कार्किले ११ र अर्जुन प्रधानले १० रन बनाए। एम्स स्टारका लागि बिजय बन्जाडेले ३ तथा आदित्य केसी, बाबुराम थापा र रमेश पराजुलीले १/१ विकेट लिए।

३ विकेट लिएका बिजय बन्जाडे यश खेलको म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा जम्मा ४ टिम सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार रुपैयाँ सहिद मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै प्रतियोगितामा अन्य विभिन्न १३ विधामा पुरस्कार राखिएको छ।