Cricket Himalaya
Cricket News From Top of The World

यु१९ एसिया कप : नेपालले टस जितेर फर्स्टमा बलिङ गर्दै !

असोज १३, क्रिकेट हिमालय

यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज भारत यु-१९ सँग खेल्दै छ । टस जितेको नेपालले फर्स्टमा बलिङ गर्ने निर्णय गरेको छ ।

समुह बिभाजन

समुह ‘ए’
नेपाल, भारत, अफगानिस्तान र युएई

समूह ‘बि’
श्रीलंका, बंगलादेश, पाकिस्तान र हंगकंग

नेपालको खेल तालिका
सेप्टेम्बर २९ – भारत, अक्टोबर १ – अफगानिस्तान, अक्टोबर २ – युएई

समुह चरणमा सबै टिमले ३/३ वटा खेल खेलेपछि अंकतालिकामा दुवै समुहबाट उत्कृष्ट-२ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ ।

टिम नेपाल
आसिफ शेख (कप्तान), कमल सिंह ऐरि (उप कप्तान), रोहित पौडेल, रभी शाह, नन्दन यादब, रित गौतम, पवन शर्राफ, रबिन्द्र जंग शाही, रशिद खान, भिम शार्की, तृत राज दास, सन्दिप जोरा, सागर ढकाल, अरुन ऐरि, सुर्य तमाङ

अफिसियल
मुख्य प्रशिक्षक – बिनोद दास, सहायक प्रशिक्षक -मनोज कटुवाल, टिम ब्यबस्थापक – शक्ति गौचन, फिजियो – बिक्रम न्यौपाने