Cricket Himalaya
Cricket News From Top of The World

अर्घाखाँची प्रीमियर लिग आजबाट सुरु, नगर उप-प्रमुख ठाकुर बि. क द्वारा उदघाटन !

नारायण पान्डे
असोज १२/अर्घाखाँची

अर्घाखाँची क्रिकेट एकेडेमीको अायोजनामा सन्धिखर्कको टुडिखेलमा अर्घाखाँची प्रीमियर लीग क्रीकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बि.क ले ब्याटिङ गरेर उदघाटन गर्नु भएको हो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बिस्नु प्रसाद बेल्बासे, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, नेकपाका नेता प्रेम नारायण गैरे, प्रहरी नायब उपरीक्षक नबराज मल्ल, उधोग बाणिज्य सघका केन्द्रीय सदस्य कृस्न प्रसाद श्रेष्ठ, विवेकसिल साझा पाटिका अध्यक्ष हरि प्रसाद भुसाल, वार्ड नम्बर २ का अध्यक्ष मोतिजंग रायमाझी, पत्रकार महासंघका अध्यक्ष हिम जिसि, पाणिनी बहुमुखी क्याम्पस स्ववियु सभापति लक्ष्मण खड्का, निर्माण ब्यबसाहि संघका महासचिब प्रकाश बस्नेत, प्रहरी निरिक्षक खिम बहादुर घम लगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रम पत्रकार कमल बिष्टको सन्चालन र अर्घाखाँची क्रीकेट एकेडेमीका अध्यक्ष तथा एपिएल प्रतियोगिता संयोजक ऋषिकेस भट्टराईको अध्यक्षतामा शुरु भएको हो।

त्यस्तै प्रतियोगिताको पहिलो दिन जगत क्षेत्री सन्जुको कप्तानिमा रहेको टिम रोयल सन्धिखर्क र जीवन भट्टराईको कप्तानिमा रहेको टिम नमस्ते अर्घाखाँची बिच खेल भएको थियो।

नमस्ते अर्घाखाँचीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे संगै ब्याटिङमा उत्रिएको रोयल सन्धिखर्कले १९ ओभरमा सबै विकेट गुमाएर मात्र १४५ रन बनायो। रोयल सन्धिखर्कको लागि सुवास थापाले ७०, सौरभ केसीले ३४, माधब केसीले १६ रन जोड्दा अन्य ब्याट्मेन्डले दोहोरो रन जोड्न सकेनन्।

नमस्ते अर्घाखाँचीको लागि मदन श्रेष्ठले ३, जीवन भट्टराई र दिनेश पुरीले २/२ तथा गोबिन्द केसि र बसन्त ओलिले १/१ विकेट लिए।

समयको अभावले गर्दा आज दोस्रो इनिङ हुन सकेन। दोस्रो इनिङ भोलि बिहान ७ बजे सुरु हुनेछ।

प्रतियोगितामा जम्मा ४ टिम सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफी, मेडल ,प्रमाणपत्र सहित १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार रुपैयाँ सहिद मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै प्रतियोगितामा अन्य विभिन्न १३ विधामा पुरस्कार राखिएको छ।