Cricket Himalaya
Cricket News From Top of The World

पाँच पोखरी सुपर 8’s क्रिकेट प्रतियोगिता कार्तिक २९ बाट हुने !

असोज १२, सिन्धुपाल्चोक | क्रिकेट हिमालय

पाँच पोखरी क्रिकेट क्लब, सिन्धुपाल्चोकले आगामी कार्तिक २९ बाट “दोस्रो जिल्ला स्तरिय जित बहादुर खड्का स्मृति पाँच पोखरी सुपर 8’s क्रिकेट प्रतियोगिता” आयोजना गर्दै छ । २०७२ को बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका प्यारा ओलम्पियन खेलाडी जित बहादुर खडका, जो पाँच पोखरी गाउपालिका – ६ मा जन्मेका थिए, राज्यबाट अपेक्षित सहयोग नभयतापनी स्थानिय गाउँ पालिका प्रमुख टासी लामा एवम स्थानियको सहयोगमा जित बहादुर खडकाको नाम गुमनाम न होस भनेर वहाँ कै नाम बाट यो क्रिकेट प्रतियोगिताको थालनी गरिएको हो । ‘पाँच पोखरी क्रिकेट क्लब’ जिल्ला खेल्कुद समितीमा दर्ता भएको क्लब हो ।

पहिलो संस्करणमा उपरोक्त प्रतियोगितामा कुल ८ टिम रहेका थिए भने यो पटक लगभग १२ टिम हुने सम्भावना रहेको जानकारी आयोजकले दिएको छ ।

प्रतियोगिताको सम्योजक अजय कुमार धिताल रहेका छन । क्यानको सदस्यता नपाएको जिल्लामा क्लबको सक्रियतामा पाँच पोखरी सुपर 8’s को दोस्रो संस्करण हुँदैछ । प्रतियोगितामा व्यावसायिक प्रबद्धन एवम दर्ताको लागि सम्पर्क : अजय कु धिताल : ९८२३३२६१६४, ९६१११५१५७२

पर्यटकीय हिसाबमा पनि महत्त्वपूर्ण रहेको ठाउँ हो । यो जहाँ समुन्द्री सतह बाट लगभग ४२०० मिटर माथी पाँच वटा पोखरी रहेको, ड्रागन गुफा, च्यो च्यो डाँडा, नागी डाँडा, अमिलो पानी रैथानेश्वरी पोखरी घुम्न रमणीय स्थानहरु रहेको छ । साथै पाँच पोखरी सम्मको लागि केबलकारको प्री सर्भे समेत भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई काठमान्डौ स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक बर्से निशुल्क स्कलरसिप रहेको छ ।