Cricket Himalaya
Cricket News From Top of The World

नेपालकै होचो स्थानमा ‘कचनकवल प्रिमियर लिग’ हुँदै, टिम दर्ता खुल्ला !

असोज ११, राज खत्री | क्रिकेट हिमालय

“खेलको सम्मान खेलाडिको पहिचान” भन्ने मुल नाराका साथ असोज २३ देखि कचनकवल प्रिमियर लिग हुदै छ । नेपालकै होचो स्थानको रुपमा मानिने कचनकवल गा. पा. मा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना हुन गइरेहेको छ ।
आयोजक : आदर्श क्रिकेट क्लब
क्रिकेटको क्रेज र प्रतिभा हुँदा हुँदै पनि सम्बन्धित निकायले बेवास्ता गरे पछि क्रिकेटको प्रतिभा देखाउनको साथै प्रतिभा प्रस्फुटन गर्दै आफ्नो क्षेत्रमा क्रिकेटको विकासको लागि अगाडी बढाउने उदेश्यले संचालन हुन गइरेहेको हो “कचनकवल प्रिमियर लिग” खुल्ला क्रिकेट प्रतियोगिता ।
प्रतियोगिता मिती : २०७५/०६/२३ देखी २०७५/०७/०१ सम्म
स्थान : कचनकवल – ३, श्री पथरीया माबी. को खेल मैदान
दर्ता शुल्क : २०००/- मात्र
दर्ताको अन्तिम मिती : २०७५/०६/२१ सम्म

पुरस्कार राशि

प्रथम : रु १५०००/-, ट्रफी, मेडल र प्रमाण पत्र
दोस्रो : रु ८०००/- मेडल र प्रमाण पत्र
म्यान अफ द म्याच, हाइयेस्ट विकेट टेकर, ब्याट्सम्यान आदीलाई आकर्षक गिफ्ट ह्याम्पर रहेको छ ।
थप सम्पर्क : लोचन पाठक : ९८१७०२८४५५, दिपेश सङ्घ ढकाल : ९८२४९८७४६० र बलराम भट्टराई : ९८०६०१५५८१